Worldlink ads

ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
shree

हेमजा । पोखरा हेमजा निवासी ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण गरिएको छ ।
वडास्तरीय ज्येष्ठ नागरिक समितिले विशेष भेलाको आयोजना गरी १ सय ४ जना सदस्यको स्वास्थ्य परीक्षण गरेको हो ।कार्यक्रममा हेमजा स्वास्थ्य चौकीको प्राविधिक सहयोग थियो भने निशुल्क औषधी समेत वितरण गरियो।
कार्यक्रममा साइराम राष्ट्रिय आध्यात्मिक संघका पूर्व अध्यक्ष भूपेन्द्रमान श्रेष्ठले समितिका क्रियाकलापको प्रशंसा गर्दै त्यस्ता क्रियाकलापलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी तथा हृदयमा इमानदारिता भएमात्रै मानिसले सुख प्राप्त गर्न सक्ने बताए ।
समितिका अध्यक्ष नीलकण्ठ पौडेलले वडाका ज्येष्ठ नागरिकको हितका लागि संस्थाले सक्दो पहल गरिरहेको जनाए । सचिव कमलमणि त्रिपाठीले ज्येष्ठ नागरिकको ज्ञान सीपलाई समाज रुपान्तरणमा प्रयोग गर्नुपर्ने बताए ।
त्यस अवसरमा समितिका संस्थापक सचिव मधुसुदन त्रिपाठी, रेडक्रस हेमजा उपशाखा सभापति नेत्रपाणि भण्डारी, सत्य साई नदीपुर केन्द्र अध्यक्ष लक्षिन्द्र भट्टचन, नवआगन्तुक संयोजक ऋषिराम चिलुवाल लगायतले पनि बोलेका थिए ।
समिति अध्यक्ष नीलकण्ठ पौडेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा परिचालक गंगा त्रिपाठीले स्वागत र सचिव कमलमणि त्रिपाठीले सञ्चालन गरेका थिए । समितिमा हेमजाका ६० वर्षमाथिका ३ सय ३२ ज्येष्ठ नागरिक आवद्घ छन् ।

Related News

सम्बन्धित समाचार

    • उपकारको वार्षिकोत्सवमा रक्तदान र सम्मान

      आदर्श समाज सम्वाददाता माघ ७, २०७८
      पोखरा । उपकार बचत तथा ऋण सहकारी संस्था पोखरा–६, बैदामको शुक्रबार १३ औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम भएको छ ।…
    • सहारा एकेडेमीको अक्षयकोषमा १५ लाख सहयोग

      आदर्श समाज सम्वाददाता माघ ५, २०७८
      पोखरा । सहारा क्लब पोखराले सञ्चालन गर्दै आएको सहारा एकेडेमीको अक्षयकोषमा रकम संकलन भएको छ । अक्षयकोषका लागि क्लब र ओएभिएस…
    • कोरोनाले लोककवि अलिमियाँ फुटबल प्रतियोगिता स्थगित

      आदर्श समाज सम्वाददाता माघ १, २०७८
      पोखरा । कोरोना महामारीको प्रभावका कारण तेस्रो लोककवि अलिमियाँ स्मृति खुला सेभेन ए साइड फुटबल प्रतियोगिता स्थगित भएको छ। आयोजक…
    • प्रहरीद्वारा मास्क वितरण

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । पोखराको तुल्सीघाटस्थित अस्थायी प्रहरी बिटका प्रहरी तथा समाजसेवीको सहयोगमा १ हजार ५ सय मास्क वितरण गरिएको छ ।…
    • महिला उद्यमी संघको साक्षरता

      आदर्श समाज सम्वाददाता पौष २७, २०७८
      पोखरा । महिला उद्यमी संघ नेपाल कास्कीले सातौं साधारण सभा अवसरमा कानुनी एवं बैंकिङ साक्षरता कार्यक्रम गरेको छ । कार्यक्रममा…

    hero news full width