फिस्टेल हेर्नेको आकर्षण

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
fishtail

पोखरा । अन्तर्राष्ट्रियस्तरको फिस्टेल एकेडेमीप्रति सर्वसाधारणको आकर्षण बढेको छ । पोखरामा सञ्चालित विद्यालय अवलोकन गर्न विभिन्न क्षेत्रबाट समूह बनाएर मानिसहरु दिनहुँजसो पुग्ने गरेका छन् ।
यसैक्रममा पोखराका युवा उद्यमी सोमबार अवलोकनका लागि विद्यालय पुगेको छ । नेपाली युवा उद्यमी मञ्च पोखराका अध्यक्ष सुनिलबहादुर भट्टराई नेतृत्वको समूह विद्यालय पुगेको हो । जसमा युवा उद्यमी पूनीत वैद्य, सुयश मल्ल, नीरन केसी, विशेष थापा, विवेक श्रेष्ठ, मनोज श्रेष्ठ, मनहर श्रेष्ठ, सुजन जोशी, विष्णु तिमिल्सिना र समेज राजभण्डारी सहभागी थिए ।
सो अवसरमा विद्यालयका संस्थापक निर्देशक चिनु रानाभाटले फिस्टेललाई सबैले आफ्नै विद्यालय ठानेर प्रवद्र्वन गर्ने अपेक्षा व्यक्त गरे । युग सुहाउँदो प्रगतिशील शिक्षा आफूहरुको मुख्य लक्ष्य रहेको भन्दै उनले सबैबाट सकारात्मक सहयोग र सद्भाव पाएको बताए ।
मञ्च अध्यक्ष भट्टराईले सुविधासम्पन्न विद्यालय पोखरामै सञ्चालन आउनु पोखरेलीको लागि गौरवको विषय भएको बताए । गुणस्तरीय शिक्षाका लागि आफूले सन्ततिलाई अब काठमाडौं वा विदेश पठाउनु नपर्ने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width