पेन्सन वितरण कार्यालयमा रक्तदान

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
pension

पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोे छ । कार्यक्रममा १ सय ११ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण, मुख र दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ्य जीवनयापनको लागि जीवनशैलीसम्बन्धी सचेतना कार्यक्रमसमेत भएको थियो । कार्यक्रम उद्घाटन गर्दै कार्यालयका प्रमुख कर्णेल शशांक त्रिपाठीले भूपूहरुको सेवा साथै रचनात्मक क्रियाकलापमा क्याम्प सधैं सक्रिय रहने बताए । संस्थाले यसअघि पनि विविध कार्यक्रम गर्दै आएको उनले बताए ।
त्यहाँ कार्यरत चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण साथै बिरामीलाई आवश्यक औषधी निशुल्क वितरण गरेका थिए । रक्तसञ्चार केन्द्र, पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्वसँगै स्वास्थ्य सचेतनाबारे बोलेका थिए ।
सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका रक्तदाता अभियन्ता कृष्णबहादुर थापाले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यसले व्यक्तिको स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए ।
कार्यक्रममा गोर्खा कम्युनिटी गु्रपका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अघिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका प्रतिनिधि भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • प्लाष्टिकमुक्त नगर अभियानमा सहयात्री सहकारी

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    स्याङ्जा । सहयात्री को–अपरेटिभ लिमिटेड, स्याङ्जाको ११ औं वार्षिकोत्सव अवसरमा सपिङ ब्याग वितरण गरिएको छ । ‘सफा पुतलीबजार राख्न, हाम्रो…
  • बहुउद्देश्यीय सामाजिक भवन निर्माण

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले नयाँबजार बहुउद्देश्यीय सामाजिक भवन निर्माणले स्थानीयलाई सहजता…
  • बागलुङ–पोखरा मगर समाजमा गजेन्द्र

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । बागलुङ–पोखरा मगर समाजको आठौं अधिवेशन तथा १६ औं वार्षिक साधारणसभाबाट अध्यक्षमा गजेन्द्र थापामगर सर्वसम्मत निर्वाचित भएका छन् ।…
  • सगरमाथामा विद्यार्थी स्वागत एवं सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । सगरमाथा सेकेण्डरी स्कुल, नयाँबजारमा नवआगन्तुक विद्यार्थीको स्वागतमा २३ औं वार्षिक स्वागत कार्यक्रम आयोजना गरिएको छ । एसइई उत्तीर्ण…
  • प्रेस सेन्टर पदाधिकारीको सम्मान

    आदर्श समाज सम्वाददाता श्रावण ३१, २०७९
    पोखरा । प्रेस सेन्टरको चौंथो महाधिवेशनमा गण्डकी प्रदेशबाट निर्वाचित पदाधिकारीको पोखरामा सम्मान गरिएको छ । प्रेस सेन्टर कास्कीले सोमबार पोखरामा…

hero news full width