पेन्सन वितरण कार्यालयमा रक्तदान

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
pension

पोखरा । भारतको ७५ औं स्वतन्त्रता दिवस सन्दर्भमा भारतीय राजदूतावास पेन्सन वितरण कार्यालय, पोखराले सोमबार रक्तदान एवं निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेकोे छ । कार्यक्रममा १ सय ११ युनिट रगत संकलन भएको थियो ।
कार्यक्रममा निशुल्क स्वास्थ्य परीक्षण, मुख र दाँत परीक्षण, रक्तअल्पता, क्यान्सर र स्वास्थ्य जीवनयापनको लागि जीवनशैलीसम्बन्धी सचेतना कार्यक्रमसमेत भएको थियो । कार्यक्रम उद्घाटन गर्दै कार्यालयका प्रमुख कर्णेल शशांक त्रिपाठीले भूपूहरुको सेवा साथै रचनात्मक क्रियाकलापमा क्याम्प सधैं सक्रिय रहने बताए । संस्थाले यसअघि पनि विविध कार्यक्रम गर्दै आएको उनले बताए ।
त्यहाँ कार्यरत चिकित्सकले बिरामीको स्वास्थ्य परीक्षण साथै बिरामीलाई आवश्यक औषधी निशुल्क वितरण गरेका थिए । रक्तसञ्चार केन्द्र, पोखराका प्रमुख अर्जुन ज्ञवालीले रक्तदानको महत्वसँगै स्वास्थ्य सचेतनाबारे बोलेका थिए ।
सराङ्कोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका रक्तदाता अभियन्ता कृष्णबहादुर थापाले रक्तदान जीवनदान भएको उल्लेख गर्दै यसले व्यक्तिको स्वास्थ्यमा समेत फाइदा पुग्ने बताए ।
कार्यक्रममा गोर्खा कम्युनिटी गु्रपका अध्यक्ष चोकबहादुर गुरुङ, उपाध्यक्ष दिलमाया गुरुङ, विज्ञापन बोर्डका अघिकृत हरिनारायण गौतम, पेन्सन वितरण कार्यालयका प्रतिनिधि भरतभूषण पाण्डे, चेतबहादुर खत्रीलगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width