जीवनरक्षा कोषको लाभ लिन मन्त्री विश्वकर्माको आग्रह

आदर्श समाज सम्वाददाता
पौष २७, २०७८
dev silpi

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले सरकारले जीवनरक्षा कोष सञ्चालन गरेको भन्दै यसको लाभ लिन आग्रह गरेका छन् ।
देवशिल्पी बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा उद्घाटन गर्दै मन्त्री विश्वकर्माले सो कुरा बताएका हुन् । उनले प्रदेश सरकारले जीवनरक्षा कोषबाट व्यक्तिलाई बैंकमार्फत १ लाखदेखि १५ लाखसम्म ऋण प्रदान गरिने व्यवस्था मिलाएको र यसको ब्याज समेत सरकारले तिरिदिने जानकारी दिए । उनले सहकारीका माध्यमबाट यस क्षेत्रका सिल्पकारीलाई समेटेर उनीहरुको जीवनस्तरमा सहज पुर्‍याएकोमा यसका संचालकलाई धन्यवाद दिए ।
सो अवसरमा सहकारीमा लामो समय योगदान दिएका र समाज सेवामा योगदान दिएका पोखरा १० रामबजार निवासी जंगवीर विश्वकर्मा पोखरा १५ निवासी डबलबहादुर विश्वकर्मालाई मन्त्री विश्वकर्माले सम्मान गरेका थिए । त्यसैगरी सहकारीका संस्थापक भएर विभिन्न पदमा रही काम गरेका उदाहरणीय महिला जौमाया विश्वकर्मालाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा रनबहादुर विश्वकर्माले सहकारीले शेयर सदस्यहरुलाई मुनाफा मात्रै होइन मुनाफासँगै समाज सेवा र सकारीमा लागेका व्यक्तिहरुलाई सम्मान गरेर राम्रो सन्देश दिएको बताए । ऋषिराम विश्वकर्माले सहकारी स्थापना र यसको यात्रा साह्रै गाह्रो भएको अनुभव राख्दै अबको यात्रा सहज भएको र अझै धेरै मिहिनेत गर्नुपर्ने बताए ।
किरणप्रसाद भट्टचनले हिजो सहकारीका बचत सदस्य मात्रै थिए अहिले यस सहकारीमा शेयर नै लगानी गर्न पाएकोमा खुसी लागेको र सहकारीलाई आवश्यक हरेक सहयोग गर्ने बताए । सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुबाट राम्रो बचत गर्ने, निरन्तर बचत गर्ने २ जना मीना सुनार र सेती गिरीलाई उत्कृष्ट बचतकर्ताको रुपमा सम्मान गरेको थियो भने असल ऋणीको रुपमा तिलबहादुर सुनारलाई सम्मान गरेको थियो ।

देवशिल्पी सहकारीले १२ औं वार्षिक साधारणसभामा विभिन्न व्यक्तिलाई सम्मान गरेको छ

देवशिल्पी सहकारी अध्यक्ष चन्द्रकिशोर गौतमले हिजोको कठिन परिस्थितिलाई पार गर्दै कोभिड १९ को कारण धेरै सदस्य संक्रमित भएकोमा सम्भव भएका सदस्यलाई आर्थिक सहयोग गरिएको बताए । उनले कोभिडका कारणले लामो समय बन्दाबन्दी भएको र आम्दानी गर्ने पेसा व्यवसाय बन्द भएकोले कर्जावाला व्यक्तिहरुको व्याजमा मिनाहा दिएको र किस्ता समय थप गरेर ऋणीहरुलाई सहुलियत प्रदान गरेको बताउँदै यस वर्ष सहकारी संचालनमा बाधा पर्ने स्थिति भए पनि सबैको सहयोगले स्थिति विग्रन नपाएको बताए ।
सहकारीले आगामी दिनमा थप सदस्यलाई सेवा दिने गरी सेवा क्षेत्र बृद्धि गरेको कारण थप रोजगारीको सृजना गर्ने गरी योजना बनाएको बताए । राज्यका विभिन्न कोषहरुको सदुपयोग गर्न माग गर्दै सकारीबाट नै राज्यको आर्थिक अवस्थामा सहयोग पुग्ने बताए ।
कार्यक्रममा गणेश बराइली, होमबहादुर विश्वकर्मा, भीमसेन शाह, लालसिंह घताने, उपाध्यक्ष एवं कार्यक्रम संयोजक खड्कबहादुर सुनारलगायतले बोलेका थिए । कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन सचिव टंक सुनार, लेखापरीक्षण प्रतिवेदन कोषाध्यक्ष कमल सुनार, आन्तरिक लेखासुपरीवेक्षण प्रतिवेदन रामलाल विश्वकर्माले प्रस्तुत गरी छलफल सहित पारित गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

  • सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कृष्ण गण्डकी शालिग्राम पर्यटन प्रतिष्ठान आयोजनामा नेपाल–भारत सिमानाको सुनौलीबाट सुनौली–मुक्तिनाथ धार्मिक मार्ग यात्रा सुरू भएको छ । कालीगण्डकी…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…
  • कथा सुन्न भक्तजनको आकर्षण

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । पाेखरा नयाँबजारमा जारी श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञमा भक्तजनको आकर्षण बढ्दो छ । हरिहर सन्यास आश्रम देवघाटधामका पीठाधीश अनन्तश्री विभूषित स्वामी…
  • कन्या क्याम्पसमा प्राध्यापकको बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । कन्या क्याम्पस पोखरा र प्राध्यापक संघको संयुक्त आयोजनामा प्राडा नरहरि उपाध्याय गौतम, सहप्राध्यापक घनबहादुर थापा र उपप्राध्यापक राजेन्द्रबहादुर…
  • हेमराज पहारी स्मृति पुरस्कारबाट सरुभक्त पुरस्कृत

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । साहित्यकार सरुभक्तलाई ‘सातौं हेमराज पहारी स्मृति पुरस्कार–२०८०’ प्रदान गरिएको छ । हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराद्वारा शुक्रबार आयोजित…

hero news full width