संसद् अवरुद्धबारे छलफल गर्न एमाले तयार’

रासस
पौष २६, २०७८

मङ्गलबारे । नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताउनुभएको छ । इलाममा पत्रकारहरूसँगको भेटमा उहाँले यस्तो बताउनुभएको हो । हालसम्म सरकारले औपचारिक पूरा गर्ने काम मात्र गरेको बताउँदै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले बालकोट गएर एमाले अध्यक्षलाई भेटेपछि केही आशा पलाएको बताउनुभएको छ ।

संसद् अवरोद्ध गर्नु रहर नभई बाध्यता भएको बताउँदै उहाँले सरकारका लागि संसद् अवरोद्ध हुनु दुर्भाग्य भएको बताउनुभएको छ । एमालेको १० औँ जिल्ला अधिवेशनबाट विजयी पदाधिकारी तथा जिल्ला सदस्यहरूलाई प्रमाणपत्र वितरणपछि उहाँले एमसिसी सम्झौतासमेत हाल सरकारमा रहेका दुई दल नेपाली कांग्रेस र नेकपा ९माओवादी०ले नै गरेको बताउनुभयो ।

Related News

सम्बन्धित समाचार

hero news full width