एमाले म्याग्दीमा देवेन्द्र

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
uml mygdis

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी एमाले म्याग्दीको अध्यक्षमा देवेन्द्रबहादुर केसी सर्वसम्मत चयन भएका छन् । जिल्ला सदरमुकाम बेनीमा जारी नवौं जिल्ला अधिवेशनबाट केसीको नेतृत्व सर्वसम्मत ९० सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । जिल्ला समन्वय समितिको सभाहलमा जारी अधिवेशनको बन्द सत्रमा अध्यक्ष पदका प्रत्यासी बालकृष्ण सुवेदीले औपचारिक रुपमा केसीलाई समर्थन जनाएपछि केसी निर्विरोध भएका हुन् ।
उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरत केसी, उपसचिव थमसरा पुन र राजकुमार थापा चयन भएका छन् । जिल्ला अध्यक्ष्मा निर्विरोध भएका केसी जिल्ला समन्वय समितिको प्रमुखसमेत हुन् । केसीले अध्यक्षमा सर्वसम्मत बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । उनले पार्टीलाई सामूहिकताको आधारमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
आदर्श मावि रिमको प्रअबाट राजीनामा दिएपछि २०५४ देखि पूर्णकालीन राजनीतिमा लागेका केसीले एमालेको तत्कालनि गाउँ कमिटी र इलाका कमिटीको सचिव पदमा रहेर काम गर्दै २०५४ सालको स्थानीय निकायको निर्वाचनमा साविक भगवती गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।
३३ वर्षको उमेरमा गाविस अध्यक्ष पदमा निर्वाचित भएका केसीले तत्कालीन गाविस महासंघको जिल्ला सचिव पदमा रहेर समेत काम गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width