पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बिना इजाजत सञ्चालनमा आएका व्यवसायलाई निरुत्साहित गर्ने उदेश्यले आइतबारबाट अनुगमनको कार्यलाई अगाडि बढाएको छ ।
संघका संस्थापक सदस्य सचिव विचित्रमोहन भट्टराईले प्रत्येक व्यवसायीले सम्बन्धित निकायमा दर्ता गरेर मात्र व्यवसाय गर्नुपर्नेमा जोड दिए । त्यसैगरी संघका अध्यक्ष छत्रधर आत्रेयले नेपाल सरकारको निकायमा दर्ता भई सरकारलाई कर बुझाउँदै व्यवसाय गर्दै आइरहेका व्यवसायलाई भ्यानमा, ठेलामा र झोलामा बिना बिल, बिना इजाजत, अनाधिकृत रुपमा सञ्चालनमा रहेका व्यवसायले असर पारेको बताउँदै लाखौं रुपैयाँ राजस्व छलि भएको गुनासा बढेको बताए ।
अभियानमा कार्यक्रममा पूर्व अध्यक्षहरु चतुराखर अधिकारी, सुमन भट्टराई, कृष्णहरि भण्डारीलगायत संघका पदाधिकारी तथा सदस्यह सहभागी थिए ।
इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, पोखरा महानगरपालिकाका विभिन्न वडाहरुको समेत सहयोग लिई गरिएको अभियानमा, संघका वरिष्ठ उपाध्यक्ष विनोद श्रेष्ठ, द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, उपमहासचिव जानुका अधिकारी, कोषाध्यक्ष भरतराज ओझा, बजार व्यवस्थापनका दीपक अधिकारी, टीकाराम सापकोटा, धनश्याम ढुंगाना, टीकाराम अधिकारी, बिन्दु तिवारी, मुकुन्द घिमिरे, विश्वराज पौडेललगायत बजार व्यवस्थापन समितिका पदाधिकारीको सहभागिता थियो ।
संघका प्रथम उपाध्यक्ष एवं बजार अनुगमन उपसमितिका संयोजक राजेन्द्र ओझाले यस्तो कार्यबाट अव्यवस्थित बजार व्यवस्थित गर्न सहयोग पुग्नृ विश्वास व्यक्त गरे ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९