पृथ्वी जयन्तीमा शोभायात्रा

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
Hindu Photo

पोखरा । पोखराका विभिन्न संघसंस्थाको सहभागितामा पुस २७ गते पृथ्वीनारायण शाहको ३ सय औैं जन्मजयन्ती मनाइने भएको छ ।
पृथ्वी जयन्तीमा शोभायात्रासहित विभिन्न कार्यक्रममा गरिने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिका महासचिव पार्वता पौडेलले जानकारी दिइन् । पौडेलकाअनुसार जन्मजयन्तीको अवसरमा सालिकमा माल्यार्पण, शोभायात्रा, पुष्प वृष्टि साथै पञ्चेबाजा, भजन चुट्का, सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ ।
विश्व हिन्दु महासंघको अग्रसरतामा ब्राह्मण समाज, क्षत्री समज, ठकुरी संगम परिवार, तमु धिं कास्की लगायत सामुदायहरुको सहभागिता रहनेछ । मूल समारोह समितिका संयोजक शंकर खरालले जन्मजयन्तीको अवसरमा सरकारले एक दिन सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिए । कार्यक्रम पोखरा विश्वविद्यालयको उपकुलपति प्रेमलाल अर्यालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width