हर्पनकोटमा न्यानो कपडा बितरण

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
Harpankot News Photo

पोखरा । पोखरा २३ हर्पनकोट माविमा समाजसेवी पूर्व विद्यार्थी रामभक्त गुरुङ र उनकी पत्नी लीला गुरुङले विद्यार्थीहरुलाई न्यानो कपडा स्विटर र टोपी वितरण गरेका छन् । विद्यालयका अध्यक्ष पदमबहादुर गुरुङको अध्यक्षतामा भएकोमा कार्यक्रममा प्रअ कृष्णबहादुर पोखरेलले कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा ६० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको शिक्षक शिव परियारले जानकारी दिए । कार्यक्रम सञ्चालन सहायक प्रअ कृष्णप्रसाद पौडेलले गरेका थिए । सो अवसरमा अभिभावकहरुको उल्लेखनीय उपस्थिति थियो । गुरुङलेहाल हङकङलाई कर्मथलो बनाएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width