शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा

आदर्श समाज सम्वाददाता
पौष २६, २०७८
cherisma newss

पोखरा । पोखराको न्युरोडमा शुभ चेरिस्मा इम्पोरियम पुन सञ्चालनमा आएको छ । केही समय बन्द रहेर पुन सञ्चालनमा आएको इम्पोरियमको अभिनेत्री करिष्मा मानन्धरले उद्घाटन गरिन् । गृहलक्ष्मी ग्यास कम्पनीका अध्यक्ष धर्मराज बर्तौला, महिला व्यवसायी एवं समाजसेवी प्रभा कार्की, महिला उद्यमी सीता बराल र केदार बरालले थप सेवा सुविधासहित पुन सञ्चालनमा ल्याएका हुन् ।
इम्पोरियमकी ब्रान्ड एम्बेस्डरसमेत रहेकी अभिनेत्री मानन्धरले आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने बताइन् । महिलाहरुले समाजमा लड्नु परेका सामाजिक विभेद र कुरुतितर्फ अझै एकजुट भएर अघि बढ्नुपर्नेमा मानन्धरको धारणा थियो । सीता बरालले व्यवसायमा लाग्दा विभिन्न उतारचढाबलाई झेल्दै आएको बताउँदै अब एउटा उदाहरणको रुपमा निरन्तर व्यवसायमा लागिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवं राजनीतिकर्मी विश्वशंकर पालिखेले एक पटकको असफलताले मानिसलाई पाठ सिकाउने उल्लेख गर्दै निरन्तरको प्रयासले मानिस सफल हुने बताए । सञ्चार उद्यमी सुनयना पालिखेले लडेर फेरि उठन सक्नु नै ठूलो कुरा भएको उल्लेख गर्दै थप ऊर्जासहित पुनः व्यवसायमा फर्किएर सबै महिला उद्यमीहरुका लागि उदाहरण बनेको भन्दै बरालको प्रशंसा गरिन् । वरिष्ठ सौन्दर्यकर्मी कमला श्रेष्ठले हिम्मत नै सबैभन्दा ठूलो कुरा भएको बताइन् ।
कार्यक्रममा इम्पोरियमका अध्यक्ष धर्मराज बर्ताैला, महिला उद्यमी सीता पाण्डे, नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मा, इभेन्ट म्यानेजर विशाल गुरुङ र घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश महिला उद्यमी समितिको महासचिव वसन्त केसी लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी अनीषा श्रेष्ठले गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width