मनाङलाई फापेको पोखरा रंगशाला

धनबहादुर गुरुङ
पौष २६, २०७८
MMC Home Ground Photo 2

पोखरा । हिमालीपारिको जिल्लाका नामले परिचित मनाङ अनि मस्र्याङ्दी नदी । यी दुवै गण्डकी प्रदेशमा छन् । मनाङबाट काठमाडौं बसाइँ सरेर व्यवसाय गर्दै आएका उपल्लो मनाङेहरूको अगुवाइमा २०३९ सालमा मनाङ मस्र्याङ्दी क्लब बनाए । ‘डि’ डिभिजनबाट आफ्नो फुटबल यात्रा सुरु गरेको मनाङले छोटो समयमै २०४२ सालमा ‘ए’ डिभिजन सहिद स्मारक लिग जित्यो । मनाङले २०४२ साल यतामात्रै ८ पटक लिग बिजेता बनेको छ ।
खेल काठमाडौंमा खेले पनि मनाङले आफ्ना समर्थक बाहिरी जिल्लाबाट पनि बटुलिसकेको थियो । रंगशाला पुगेर खेल हर्नेदेखि रेडियो सुनेर, टिभी हेरर अनि पत्रपत्रिकामार्फत आएका मनाङको सफलताको समाचारमार्फत समर्थक बनेका थिए । ती देशैभरिबाट बनेको समर्थकमध्ये मनाङ जिल्ला र मस्र्याङ्दी नदीको साइनो गाँसिएकै कारण गण्डकी प्रदेशबाट उत्तिकै फ्यान बनेको छन् । पोखरामा पनि मनाङ मस्र्याङ्दी क्बल मन पराउने धेरै छन् । यसको गतिलो उदाहरणमा मोफसलमै उत्कृष्ट मानिएको आहा रारा गोल्ड कपमा आएका मनाङका समर्थकलाई लिन सकिन्छ । आहा रारा गोल्डकपमा मनाङको खेल हुँदा धेरै दर्शक आएको हुन्छन् । मनाङ फाइनल पुग्दा दर्शकको ओइरो लाग्ने गर्छ ।
पोखरामा दर्शकको राम्रो साथ पाउने मनाङलाई पोखरा रंगशाला फापेको पनि छ । आहा राराको उपाधि मनाङले ६ पटक जितेको छ । भने ११ वटा फाइनल खेलेको छ । पोखरामै हुने पोखरा कप पनि मनाङले ३ पटक जितिसकेको छ । जसको ६ वटा संस्करण भएका छन् । उपाधि सफलता र दर्शकको मायाका कारण मनाङले पोखरा रंगशलालाई आफ्नो होम ग्राउन्ड ठान्दै आएको थियो ।
कीर्तिमानी आठौं पटक लिग जितेर गर्विलो इतिहास बनाएको क्लबले पोखरालाई आफ्नो घरेलु मैदान बनाउने पहल धेरै पहिलेदेखि थालेको थियो । गएको साउनमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, क्लबका प्रतिनिधिलगायत टोली पोखरा आएर सरोकारवाला सँग छलफल पनि चलाएको थियो । एन्फा पनि यसपटकको केही खेल काठमाडौं बाहिर खेलाउने योजनामा थियो । यो बीचमा मनाङका प्रतिनिधिहरु पोखरा आएर मैदानको अवस्थाबारे जानकारी लिई आवश्यक पूर्वाधार तयार रहेको एन्फालाई जानकारी गरायो । त्यसपछि गत मंसिर २७ गते पोखरा रंगशालामा ३ खेल खेलाउने गरी खेल तालिका प्रकाशित भयो । यसपछि मनाङको होम ग्राउन्डमा खेल्ने सपना पूरा हुने भएको हो ।


तालिकाअनुसार मनाङले पोखरामा पहिलो खेल पुस ३ गते विभागीय टोली नेपाल पुलिस क्लबसँग पाँचौं चरणको खेल खेल्यो । जसमा कप्तान अन्जन विष्ट चम्किए । लिगमा गोलको खोजीमा रहेका उनले आफ्नो घरेलु मैदानमा गोल गर्न सफल रह्यो । सो खेलमा म्यान अफ दी म्याच चुनिएका अन्जनले २ र निशान लिम्बुले १ गोलको योगदान दिएको खेलमा मनाङ ३–१ गोल अन्तर विजयी भयो । पुलिसका तर्फबाट सुमन लामाले गोल गरे । मनाङसँगै उपाधि दौडमा रहेको मच्छिन्द्र सोही दिन संकटासँग बराबरीमा रोकिएपछि मनाङले स्पष्ट २ अंकको अग्रता बनायो ।

होम ग्राउन्डमा खेलको ह्याट्रिक गरेको मनाङको ८ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ

२ अंकको अग्रता घरेलु मैदान छाडेर मच्छिन्द्रसँग काठमाडौं खेल्न जाँदा तालिकामा तलमाथि भयो । छैंटौ चरण खेल्न काठमाडौं फर्किएको मनाङ महत्वपूर्ण खेलमा मच्छिन्द्रसँगै पराजित भएपछि एक अंकले तल पर्‍यो । दशरथ रंगशालामा भएको खेलमा हारेपछि मनाङको एएफसी च्यालेन्ज कपको छनोट खेल्ने सपना साकार भएन । तर केही झिनो अंकगणितीय आशा बोकेर सातौं चरण खेल्न पुन पोखरा आयो । उक्त चरणमा मनाङको प्रतिद्वन्द्वी ब्रिगेड ब्वाइज थियो । सो खेल पुस १७ गते भएको थियो । खेलमा ब्रिगेडले पेनाल्टी सदुपयोग नगर्नु अनि प्रहार बारमा लागेर फर्कनुले मनाङ भाग्यमानी रह्यो । घरेलु मैदानको दोस्रो खेलमा ब्रिगेडलाई मनाङले अन्जन विष्टको गोलमा पराजित गर्‍यो । पुन १ अंकको अग्रता बनाएको मनाङ मच्छिन्द्र र पुलिसको खेलमा भर पर्‍यो । त्यस खेलमा पुलिसले मच्छिन्द्रलाई बराबरी वा हराएको खण्डमा एएफसी च्यालेन्ज कपको छनोटको बाटो खुल्थ्यो । तर खेल मच्छिन्द्रले आफ्नो पोल्टामा पार्दै मनाङको सपना टारिदियो ।
लिग तालिका अनुसार मनाङको होम ग्राउन्डमा अन्तिम खेल आठौं चरणमा च्यासलसँग शनिबार भयो । उक्त खेलमा च्यासललाई ५–० ले हराउँदै मनाङ मस्र्याङ्दी क्लबले आफ्नो घरेलु मैदानमा जितको ह्याट्रिक गरेको छ । यो नतिजा २०७८ सालको लिगमा अहिलेसम्मकै फराकिलो जीत हो । यसअघि सातदोबाटोले एपिएफलाई ४–१ गोल अन्तरले हराएको थियो । जीतको ह्याट्रिक गर्दा मनाङका खलाडीले पनि ह्याट्रिक गरेका छन् । यस अघि अजयी मार्टिनले लिगमा पहिलो ह्याट्रिक गरेका थिए । होम ग्राउन्डमा खेलको ह्याट्रिक गरेको मनाङको ८ खेलबाट १९ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । सोही खेलबाट मच्छिन्द्र २० अंकका तालिकाको टपमा छ ।
मनाङलाई लिगमा पोखरा रंगशाला निकै फापेको छ । २०७८ सालको लिगमा मनाङले होम ग्राउन्डमा केही रकर्ड बनाएको छ । मनाङ घरेलु मैदानमा भएको सबै खेलमा विजयी, अन्जनको यो वर्षको लिगमा पहिलो गोल, ए डिभिजन लिगमा दिनेश राजवंशीको १ सयौं गोल, लिगमा अहिलेसम्मकै फराकिलो जित, लिगको दोस्रो ह्याट्रिक लगायत रेकर्ड बनाएको छ ।
होम ग्राउन्डको खेल सकेर टिम काठमाडौं फर्किसकेको छ । मनाङ मस्र्याङ्दी क्लबका सहायक व्यवस्थापक तथा खेल संयोजक मीलन गुरुङले रंगशालासम्म टिमलाई सपोर्ट गर्ने सबैलाई धन्यवाद दिए । ‘जति आउनुभयो हामीले सोचेअनुरुप नै भयो, क्लबलाई माया गरेर रंगशाला सम्म आउनुहुने सबैलाइै धन्यवाद,’ उनले भने, ‘हामीले प्रचारप्रसार पनि त्यति गर्न भ्याइएन् हामीले आकलन गरेभन्दा केही कम दर्शक आउनुभएको हो तर हामी सन्तुष्ट छौं ।’
लिग कमिटी निर्देशक सञ्जीव मिश्र पनि एन्फाको उद्देश्यअनुसार पोखरामा गेम भएको बताउँछन् । ‘नेपालमा होम एन्ड अवे म्याच सिस्टम त चलेको छैन् त्यो नहुँदा पनिमा मनाङको क्रेज, पोखरेलीले लिग फुटबल प्रति माया देखाए,’ उनले भने, ‘यी सबै कारणले गर्दा हाम्रो उद्देश्य पूरा भएको छ ।’ अहिले नवौं चरणसम्म खेल भएकाले आगामी चरणमा मनाङसँगै अरु टिम पोखरामा खेल्न राजी भए पोखरा रंगशालामा अझै खेलाउन सकिने उनले बताए ।

Related News

सम्बन्धित समाचार

  • चोटिलो बन्दै गण्डकीको संसदीय राजनीति

    आदर्श समाज सम्वाददाता वैशाख ७, २०८१
    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सर्वोच्चको आदेश उल्लंघन गरी संसद् अधिवेशन आह्वान गरेको भन्दै कांग्रेस र राप्रपाले संसद्…
  • पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सम्पदा संरक्षण सम्मान–२०८० बाट पोखराका सुनिल उलक सम्मानित भएका छन् । नागरिक समाज कास्कीको आयोजनामा बिहीबार आयोजित समारोहमा…
  • पाेखरा नयाँबजारमा श्रीमद्भागवत् ज्ञानमहायज्ञ जारी

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । पोखराको नयाँबजारमा नयाँ वर्षदेखि सुरु भएको श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ–२०८१ जारी छ । महायज्ञमा विविध कार्यक्रमले नयाँबजारस्थित प्रदर्शनी केन्द्र…
  • सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त

    आदर्श समाज सम्वाददाता वैशाख ६, २०८१
    पोखरा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का दीर्घ सोडारी नियुक्त भएका छन् । उनले एमाले, माओवादी, नेकपा एकीकृत…
  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…

hero news full width