बुद्ध विशाल बजारको एसोसिएसनको अन्तक्र्रिया

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
Buddha bisal bazars

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराका अध्यक्ष केशवबहादुर खत्रीले व्यवसायीको हकहितको लागि लड्ने प्रतिबद्धता जनाएका छन् । एसोसियसनले आयोजना गरेको वनभोज तथा अन्तक्र्रियामा अध्यक्ष खत्रीले व्यवसायीको पिर मर्का बुझेको भन्दै आफूले व्यवसायीको समस्या समाधन गर्ने उल्लेख गरे ।
अध्यक्ष खत्रीले बुद्ध विशाल बजारलगायत महेन्द्रपुल क्षेत्रमा देखिएको पार्किङ समस्यालाई चाँडै नै समाधान गर्न एसोसिएसनले पहल गरिरहेको बताउँदै पार्किङ क्षेत्रलाई ग्राहकमैत्री पार्किङ क्षेत्र बनाइएको सुनाए ।
कार्यक्रममा एसोसिएसनका सल्हाकार ध्रुुवप्रसाद रेग्मीले बुद्ध विशाल बजार ग्राहकहरुको पहिलो रोजाइ रहेको बताउँदै समयअनुसार बजारलाई पनि व्यवस्थित गर्दै लैजानुपर्ने बताए ।
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसन अध्यक्ष केशवबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एसोसिएसनका सचिव तथा कार्यक्रम संयोजक राजु केसीले स्वागत गरेका थिए । एसोसिएसन महिला उपसमिति संयोजक शान्ति श्रेष्ठ जोशीले धन्यवाद र महासचिव बुद्धि कुँवरले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width