पोखरामा भजन महोत्सव हुने

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
bhajan mahotsab newss

पोखरा । ‘लोकसंगीत बचाऔं, लोक भजन चुड्कामा भक्तजनलाई नचाऔं’ नारासहित राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा भागवत् महायज्ञ तथा भजन महोत्सव हुने भएको छ ।
प्रतिष्ठानको भवन निर्माण सहयोगमा आर्थिक संकलन जुटाउन माघ १५ देखि २३ सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सो महोत्सव हुन लागेको प्रतिष्ठान अध्यक्ष प्रजापति पराजुलीले जानकारी दिए । पराजुलीले विगतमा आफ्नै नेतृत्वमा दोहोरीगीत प्रतियोगिता, दोहोरी साँझ सुरुआत, तीजगीत प्रतियोगिताको सुरुआत गराएको दाबी गर्दै भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि यसपालि भागवत् महायज्ञ तथा भजन महोत्सव प्रतियोगिता गर्न लागेको बताए ।
विगतमा दोहोरी गाएर हिंड्दा धेरैले यो क्षेत्रमा लाग्न हुँदैन भन्ने गरेको स्मराण् गर्दै उनले अहिले दोहोरीबाटै धेरै कलाकारलाई देशविदेशमा चिनाउने, नाम र दाम दुवै कमाउने अवसर बनेको बताए । भजनलाई पनि दोहोरीकै स्थानमा पुर्‍याई व्यावसायिक बनाउन महोत्सव नै गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगिताले देश विदेशमा रहेका नेपालीलाई आफ्नो संस्कृतिप्रतिको मोह अझै बढाउने उनको दाबी छ । पोखरामा हुने भजन महोत्सवलगत्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने गरी देशव्यापी भजन च्याम्पियन गर्ने तयारी रहेको उनले खुलाए ।
महोत्सवबारे छलफलका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि भेला भएका थिए । भेलाले कार्यक्रम सफल पार्नका लागि अध्यक्ष प्रजापति पराजुलीलाई मूल समारोह समिति संयोजक जिम्मेवारी दिएको छ भने विभिन्न उपसमिति गठन गरेको छ । मूल समारोह समितिमा सबै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।
भजन चुड्का प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार र सान्त्वना हुने समूहलाई ११ हजार दिइनेछ । साथै उत्कृष्ट झाँकी, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र अनुशासित टिमलाई प्रोत्साहन स्वरुप ७ हजार ५ सय प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी समूहले ३० मिनेटको समय पाउनेछ । सुरुको ५ मिनेट आरति भजन, १० मिनेट भजन र बाँकी १५ मिनेटमा दोहोरी भजन प्रस्तुत गर्नुपर्ने प्रतिष्ठान महासचिव डा तुलसी प्रभासले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु

    आदर्श समाज सम्वाददाता वैशाख २, २०८१
    पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा आइतबारबाट श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । ज्ञानमहायज्ञ शुभारम्भ अघि सेती नदीस्थित गाईघाटबाट…
  • नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ

    आदर्श समाज सम्वाददाता वैशाख १, २०८१
    पोखरा । वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँ वर्ष अवसरमा आइतबारदेखि पोखराको नयाँबजारमा श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञ हुँदैछ । वैशाख…
  • तोरन्लमा रमाउँदै थकाली समुदाय

    धनबहादुर गुरुङ चैत्र ११, २०८०
    पोखरा । फागुपूर्णिमा अवसरमा थकाली सेवा समिति, पोखराको हलमा रौनक छुट्टै छ । कोही नाचगानमा रमाइरहेका छन्, कोही ताराखेलमा जमिरहेका…
  • पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी

    आदर्श समाज सम्वाददाता चैत्र ९, २०८०
    पोखरा ।  वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा नयाँवर्षदेखि प्रदर्शनी केन्द्रमा हुने श्रीमद्भागवत् सप्ताह ज्ञानमहायज्ञको तयारी तीब्र पारिएको छ ।…
  • वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता

    आदर्श समाज सम्वाददाता चैत्र ३, २०८०
    चितवन ।  ऐतिहासिक महत्व बोकेको चितवन राष्ट्रिय निकुञ्जको जंगलभित्र अवस्थित पौराणिक भूमि वाल्मीकि आश्रम जान भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता…

hero news full width