पोखरा । ‘लोकसंगीत बचाऔं, लोक भजन चुड्कामा भक्तजनलाई नचाऔं’ नारासहित राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा पोखरामा भागवत् महायज्ञ तथा भजन महोत्सव हुने भएको छ ।
प्रतिष्ठानको भवन निर्माण सहयोगमा आर्थिक संकलन जुटाउन माघ १५ देखि २३ सम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा सो महोत्सव हुन लागेको प्रतिष्ठान अध्यक्ष प्रजापति पराजुलीले जानकारी दिए । पराजुलीले विगतमा आफ्नै नेतृत्वमा दोहोरीगीत प्रतियोगिता, दोहोरी साँझ सुरुआत, तीजगीत प्रतियोगिताको सुरुआत गराएको दाबी गर्दै भजनको विकास र विस्तार एवं लोक संस्कृतिको जगेर्नाका लागि यसपालि भागवत् महायज्ञ तथा भजन महोत्सव प्रतियोगिता गर्न लागेको बताए ।
विगतमा दोहोरी गाएर हिंड्दा धेरैले यो क्षेत्रमा लाग्न हुँदैन भन्ने गरेको स्मराण् गर्दै उनले अहिले दोहोरीबाटै धेरै कलाकारलाई देशविदेशमा चिनाउने, नाम र दाम दुवै कमाउने अवसर बनेको बताए । भजनलाई पनि दोहोरीकै स्थानमा पुर्याई व्यावसायिक बनाउन महोत्सव नै गर्न लागिएको उनको भनाइ छ ।
प्रतियोगिताले देश विदेशमा रहेका नेपालीलाई आफ्नो संस्कृतिप्रतिको मोह अझै बढाउने उनको दाबी छ । पोखरामा हुने भजन महोत्सवलगत्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने गरी देशव्यापी भजन च्याम्पियन गर्ने तयारी रहेको उनले खुलाए ।
महोत्सवबारे छलफलका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाका प्रतिनिधि भेला भएका थिए । भेलाले कार्यक्रम सफल पार्नका लागि अध्यक्ष प्रजापति पराजुलीलाई मूल समारोह समिति संयोजक जिम्मेवारी दिएको छ भने विभिन्न उपसमिति गठन गरेको छ । मूल समारोह समितिमा सबै जिल्लाका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।
भजन चुड्का प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार, दोस्रोलाई ३१ हजार, तृतीयलाई २१ हजार र सान्त्वना हुने समूहलाई ११ हजार दिइनेछ । साथै उत्कृष्ट झाँकी, उत्कृष्ट भेषभूषा, उत्कृष्ट नृत्य र अनुशासित टिमलाई प्रोत्साहन स्वरुप ७ हजार ५ सय प्रदान गरिनेछ । प्रतियोगितामा सहभागी समूहले ३० मिनेटको समय पाउनेछ । सुरुको ५ मिनेट आरति भजन, १० मिनेट भजन र बाँकी १५ मिनेटमा दोहोरी भजन प्रस्तुत गर्नुपर्ने प्रतिष्ठान महासचिव डा तुलसी प्रभासले बताए ।
Related News
सम्बन्धित समाचार
पोखरामा श्रीमद्भागवत् महायज्ञ सुरु
नयाँबजारमा भोलिदेखि श्रीमद्भागवत् ज्ञान महायज्ञ
तोरन्लमा रमाउँदै थकाली समुदाय
पोखरामा श्रीमद्भागवत् ज्ञान महायज्ञ तयारी
वाल्मीकि आश्रम पुग्न भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता
hero news full width
मुख्य समाचार
फेवातालमा दुर्घटनामा परेका ५ जनाको उद्धार
लोकतन्त्रका १८ वर्ष : लोकतन्त्रले छोएन लोकलाई
वैशाख ११, २०८१कामचलाउ सरकारको आयु लम्बियो
वैशाख ११, २०८१गण्डकी सरकारविरुद्दको मुद्दा हेर्दाहेर्दैमा, आज टुंगो लागेन
वैशाख १०, २०८१कतारी राजा नेपाल आउने दिन भोलि सार्वजनिक बिदा
वैशाख १०, २०८१गण्डकी सरकार विरुद्धको रिट सपना र सारंगाको बेन्चमा
वैशाख १०, २०८१