र्‍याम्पमा नीति शाह

आदर्श समाज सम्वाददाता
पौष २५, २०७८
fashion 2

पोखरा । पोखरामा आयोजित मन गुरुङ एटाएर फेसन नाइटमा सुपर मोडल नीति शाह र्‍याम्प वाक गरेकी छन् । एसटी क्रियसन म्यानेज्मेन्ट प्रालिको आयोजनामा फेसन डिजाइनर मन गुरुङको ड्रेसमा मिस नेपाल इन्टरनेशनल २०१७ विजेता शाह र्‍याम्प वाक उत्रेकी हुन् । उनीसँग पोखराका चर्चित १० मोडलले र्‍याम्प सेयर गरे ।
लेकसाइडको कुटी रिसोर्टमा शुक्रबार करिब ३ घण्टा चलेको फेसन नाइटमा फेसन डिजाइनर गुरुङले डिजाइन गरेका विभिन्न पोशाक ३ सिक्वेन्समा प्रदर्शन गरिएको थियो । कार्यक्रम संयोजक सचिन रानाभाटका अनुसार फेशन शोमा पोशाक निकै आकर्षक र भव्य देखिन्थे । जसको कोरियोग्राफी जेनिता मगरले गरेकी थिइन् ।
कार्यक्रममा महिलाउद्यमी मिलन थापाले मन गुरुङको कला र कौशलको तारिफ गर्दै महिलाहरु पनि सबल र सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरेको बताइन् ।
साथी संसार पोखरामा आश्रित फरक क्षमता भएका २५ बालबालिकालाई पोशाक खाद्यान्न र औषधीको लागि १ लाख १ हजार रुपैयाँसमेत सहयोग गरेको छ । उक्त रकमको चेक संस्थाका प्रतिनिधि नारायण अधिकारीलाई हस्तान्तरण गरिएको सामाजिक अभियन्ता राम रानाभाटले बताए ।
डेन्टल विषयमा स्नातक सकेर डेन्टल हाइजिनिस्टको रुपमा कार्यरत रहेकी गुरुङले आफ्नो रुचिको विषय फेसन डिजाइन भएकोले सन् २०१७ मा आइएफसी फेसन कलेज पोखराबाट डिप्लोमा इन फेसन डिजाइनिङ कोर्स गरेकी थिइन् । ‘मेरो पहिलो तथा एकल फेसन शो हो । आफूले सिकेको सीप कलाको माध्यमबाट प्रस्तुत गर्दै फेसन डिजाइनिङ क्षेत्रमा फरक नाम लेखाउने उद्देश्यले कार्यक्रम गरिएको हो,’ उनी भन्छिन् ।
कार्यक्रमा संस्थाका प्रबन्ध निर्देशक सुरज थापा र इनिसा दुराले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • गण्डकी बोर्डिङका शिक्षकलाई तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । खुसी हुनु मानिसको मूल स्वभाव हो । तर अचेल व्यस्त दैनिकीका कारण मानिस आफ्नो खुसी हुने स्वभाव बिर्सिएर…
  • प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा । प्रधानाध्यापक संघ नेपाल (प्रिन्सिपल एसोसियन नेपाल–पान) को पोखरामा सम्पन्न पहिलो भेलाले वामदेव पौड्यालको अध्यक्षतामा गण्डकी प्रदेशस्तरको…
  • एनटिभिएको शुभकामना आदानप्रदान

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकीले नयाँ वर्ष अवसरमा शुभकामना आदानप्रदान एवं टेबुल क्यालेन्डर लोकार्पण गरेको छ…
  • पोखरा १३ मा निशुल्क तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । पोखरा १३ ले निशुल्क सिपमूलक तालिम उपलब्ध गराएको छ । एड्भान्स कटाइसिलाइ, डिप्लोमा ब्युटी पार्लर, लोकसेवा अनलाइन कक्षा…
  • जलारी समुदायबारे वृत्तचित्र

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । जलारी समुदायबारे निर्माण भएको वृत्तचित्र सार्वजनिक गरिएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानले निर्माण गरेको वृत्तचित्र मंगलबार सार्वजनिक गरेको…

hero news full width