Worldlink ads

प्रचण्डलाई कोरोना देखिएपछि प्रधानमन्त्री आइसोलेशनमा

रासस
पौष २४, २०७८
sher-bahadur-deuba

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आजदेखि आइसोलेशनमा बस्नुभएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार उहाँ आजदेखि आइसोलेशनमा बस्नुभएको हो । प्रधानमन्त्रीको कोभिड–१९ को परीक्षण आइतबार हुनेछ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कोरोना सङ्क्रमण भएपछि प्रधनमन्त्री देउवा आइसोलेशनमा बस्नुभएको हो । दुई दिनअघि बालुवाटारमा भएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा प्रधानमन्त्री देउवा प्रचण्डसँगै सहभागी हुनुहुन्थ्यो ।

प्रचण्डमा कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवासहित सत्ता गठबन्धनका शीर्ष नेतासमेत कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएको छ । माओवादीमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, नेताहरू हरिबोल गजुरेल, मातृका यादव, डोरप्रसाद उपाध्याय, रामप्रसाद सापकोटा, रमेश मल्ललगायतमा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ ।

Related News

सम्बन्धित समाचार

    • स्याङ्जाली सम्पर्क सदनमा तारा

      आदर्श समाज सम्वाददाता माघ ८, २०७८
      पोखरा । स्याङ्जाली सम्पर्क सदन पोखराको २७ औं वार्षिक साधारणसभा तथा १३ औं अधिवेशनले तारा गौतम सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति…
    • सकियो चप्पल बनाउने तालिम

      आदर्श समाज सम्वाददाता माघ ८, २०७८
      पोखरा । पोखरा महानगरपालिका वडा ८ को सहयोगमा लालीगुराँस टोल विकास संस्थाद्वारा सञ्चालित चप्पल बनाउने तालिम शुक्रबार समापन भयो ।…
    • वेदव्यास ज्येष्ठ नागरिक आश्रम सम्मानित

      आदर्श समाज सम्वाददाता माघ ८, २०७८
      पोखरा । तनहुँको दमौलीस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रम ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति–२०७८’ बाट सम्मानित भएको छ । सिद्धि सेतुली…
    • उद्योग व्यवसाय सधैं मार

      श्रीभद्र पौडेल माघ ८, २०७८
      हेमजा । कोरोना महामारीको तेस्रो भेरियन्ट सुरुआतसँगै लकडाउनको सनसनी छ । दिनहुँजसो कोरोना संक्रमितको संख्या १० हजार हाराहारीमा भेटिंदा उद्योगी…
    • चुनावी तयारी थाल्न प्रधानमन्त्रीको आह्वान

      आदर्श समाज सम्वाददाता माघ ८, २०७८
      पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने भएकोले तयारीमा लाग्न मातहतका निकायलाई आह्वान गरेका छन् ।…

    hero news full width