काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ९४४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा १३ हजार २६४ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पिसीआर परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३१ हजार ७४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९७ हजार ८९ पुगेको छ । पछिल्लो समय थप २९७ जना कोरोनाबाट निको भएका छन् ।
यससँगै कोरोनाबाट मुक्त हुने सङ्ख्या आठ लाख १४ हजार ६ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा दुई लाख बढीले लगाए खोप
पछिल्लो समय दुई लाख ४३ हजार ४६० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १४० रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन । यस रोगबाट हालसम्म शुक्रबारसम्ममा मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०२ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत छ । हाल होमआइसोलेशनमा रहनेको सङ्ख्या पाँच हजार ६३१ छ । संस्थागत आइसोलेशनमा ५०९, आइसीयूमा ८१ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
Related News
सम्बन्धित समाचार
पुरानो पोखरा जोगाउन पहल: मेयर आचार्य
सुदुरपश्चिममा सोडारी मुख्यमन्त्री नियुक्त
प्रेमील गजलकारको भावपूर्ण बिदाइ
अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति, द्वन्द्व निम्तिन सक्ने चेतावनी
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिवेशन डाक्न सिफारिस, मुख्यमन्त्रीले विश्वासको मत लिँदै
दृष्टिविहीनलाई बाटो देखाउँदै गुगल
वैशाख ४, २०८१प्रकट पगेनी ‘शिव’ को निधन
वैशाख ४, २०८१कामचलाउ मुख्यमन्त्री अधिकारी विश्वासको मत लिने तयारीमा
वैशाख ४, २०८१फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको भाउ
वैशाख ३, २०८१अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा १ लाख ४४ हजार पर्यटक
वैशाख ३, २०८१