पोखरामा ‘ए’ डिभिजन लिगको अन्तिम खेल

जीतको खोजीमा मनाङ र च्यासल

आदर्श समाज सम्वाददाता
पौष २४, २०७८
MMC vs Chyasal Photo

पोखरा । मनाङ मस्र्याङ्दी क्लबले कतार एअरवेज शहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आफ्नो घरेलु मैदानमा शनिबार अन्तिम खेल च्यासल युथ क्लबसँग खेल्दैछ । यसअघिका २ खेल जित्दै मनाङ तेस्रो जीतको खोजीमा छ । गत पुस ३ मा नेपाल पुलिसलाई ३–१ र पुस १७ मा ब्रिगेड ब्वाइजको चुनौती १–० गोलअन्तरले पन्छाएको थियो ।
शुक्रबार प्रि–म्याच कन्फ्रेन्समा दुवै टिमका प्रशिक्षक खेल जित्नेमा ढुक्क देखिए । मनाङका अनुभवी प्रशिक्षक टोपे फुजा पनि आफूहरु जित्नकै लागि खेल्ने बताउँछन् । उनी भन्छन्, ‘हामी जीतकै लागि खेल्नेछौं । अहिले मनाङको प्रदर्शनमा सुधार भइरहेको छ ।’ मनाङ च्यासललाई हराउँदै लिग उपाधिको होडमा अब्बल बनाउन चाहन्छ । ‘हामीले एएफसी च्यालेन्ज छनोट त गुमायौं,’ उनले भने, ‘अब हाम्रो ध्यान लिगतर्फ हुनेछ ।’ च्यासल राम्रो भए पनि होम ग्राउन्डमा जीत हात पार्ने उनको भनाइ छ । छैटौं चरणको हारको श्रृंखला भुल्दै कमव्याक गर्ने उनले बताए ।
च्यासलका प्रशिक्षक बालगोपाल साहुखल मनाङलाई सशक्त विपक्षी मान्छन् । मनाङ आफैमा लिगको टपमा भएकाले आफूहरु पनि टिम गेम खेल्दै रेलिगेसनबाट जोगिने उनले बताए । भए ३ अंक नभए १ अंकका लागि मैदान उत्रने च्यासलको योजना छ । प्रशिक्षक साहुखलले अट्याकमा ध्यान दिने बताए । ‘फुटबलमा पक्का पनि डिफेन्स स्ट्रोङ हुनुपर्छ । हामीले त्यसमा धेरै ध्यान दिन्छौं,’ उनले भने, ‘पछिल्ला खेलहरुमा हाम्रो एट्याकिङमा राम्रो गरिरहेका छौं त्यसैले भोलि स्ट्राकिङमा जोड दिन्छौं ।’ लिग तालिकाको १३ औं स्थानमा रहेको च्यासल रेलिगेसन जोनमा छ । केही म्याच अझै बाँकी रहेकाले शनिबारको खेल जीत वा बराबरीमा रोक्दै च्यासल रेलिगेसनबाट माथि उठ्ने दाउमा हुनेछ ।
सातौं चरण सकिंदासम्म मनाङ १६ अंकका साथ दोस्रो स्थानमा छ भने च्यासल ५ जोड्दै १३ औं स्थानमा छ ।
मनाङले पोखरा रंगशालालाई घरेलु मैदानरुपमा विकास गर्ने गरी तयारी थालेपछि ए डिभिजन लिग पहिलो पटक पोखरा आएको हो । यसका लागि क्लबले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग स्वीकृत पनि लिइसकेको छ । राखेपबाट स्वीकृत पाएपछि मनाङले आफ्नो घरेलु मैदानमा लिगका खेल खेल्न चाहेको थियो । यसैक्रममा नेपाल पुलिस, ब्रिगेड ब्वाइज र च्यासलले मनाङसँग पोखरामा खेल्न राजी भएको थियो । पोखरामा हुने दुवै टिम, अफिसियल र रेफ्रीको खर्च मनाङले व्यहोर्नेछ । टिकट बापत उठेको रकम मनाङले राख्नेछ । शनिबारको खेल दिउँसो २ बजे हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…
  • आर्मी पाँचौं पल्ट फाइनलमा

    आदर्श समाज सम्वाददाता माघ १८, २०८०
    पोखरा। विभागीय त्रिभुवन आर्मी क्लब आहा रारा पोखरा गोल्डकपको फेरि फाइनल प्रवेश छ । २३ औं आहा रारा पोखरा गोल्ड…
  • थ्रिस्टार फाइनलमा, दीपेशको निर्णायक गोल

    आदर्श समाज सम्वाददाता माघ १७, २०८०
    पोखरा। थ्रिस्टार आहा रारा गोल्डकपको फाइनल प्रवेश गरेको छ । बुधबार पहिलो सेमिफाइनलमा जावलाखेललाई १–० गोलअन्तरले हराउँदै उपाधि नजिक पुगेको…

hero news full width