सिक्लेसमा बन्यो चिली क्वोंइबो धिं

आदर्श समाज सम्वाददाता
पौष २३, २०७८
sikles Photo

पोखरा । कास्कीको सिक्लेसमा चिली क्वोंइबो धिं (घर) निर्माण गरिएको छ । धिंको पुस २८ मा पूर्व मन्त्री खगराज अधिकारीले गर्ने कार्यक्रम छ ।
करिब १७ रोपनीमा बनेको चिली क्वोंइबोभित्र क्वोंइबो धिं, धिं कार्यालय, कार्यालय सहयोगी आवास कक्ष, पितृको स्मृतिमा ५ लाख बढी सहयोग गर्ने दाताका पितृको मूर्ति, १ लाख बढी आर्थिक सहयोग गर्नेकोे फोटो तथा अन्य सहयोगीको नामावली शिलालेखमा लेखिने निर्माण समितिका सचिव गेहेन्द्र गुरुङले जानकारी दिए ।
यस्तै घुमाउने घर, पितृका नाममा बत्ती बाल्ने कक्ष, तमु प्ये ताँ, ल्हु ताँबारे अध्ययन गर्न इच्छुक प्रशिक्षार्थीका लागि प्रशिक्षण कक्ष, हरेक कार्यक्रम गर्न मिल्ने किसिमले हल तथा कोठा, पुस्तकालय, गुरुङ संग्रहालय, विशिष्ट अतिथि कक्ष, तथा अन्य अतिथिका लागि कक्ष, भान्छाघर, ढिकी, ढुंगेधारा, हेली प्याड लगायत निर्माण गरिएका छन । निर्माणमा २ करोड १५ लाख र ५० लाख भित्री अन्य सजावट गरी करिब २ करोड ८५ लाख खर्च भएको छ ।
क्वोंइबो परिसरभित्र गुरुङ परम्पराअनुसार गरिने जन्म, विवाह, मृत संस्कार, पय कार्यलगायत सबै किसिमका कार्यक्रम गर्न सकिने योजनाका साथ संरचना बनाइएको निर्माण समिति संयोजक डब्लुटुओ बलबहादुर गुरुङले जानकारी दिए । क्वोंइबो नेपालमै नमुना बनेको दाबी गर्दै धिंमा गुरुङले मात्र नभई अन्य जातिले पनि कुनै पनि किसिमका कार्यक्रम गर्न सक्ने छन् । उद्घाटन समारोहमा दाता तथा विभिन्न संघसंस्थालाई सम्मान गरिने कार्यक्रम छ ।
यस्तै, दोस्रो दिन पुस २९ मा सांस्कृतिक कार्यक्रम हुने सांस्कृति कार्यक्रम संयोजक रुपा गुरुङ र बेलबहादुर गुरुङले बताए । उद्घाटनमा सिक्लेस पुग्ने पाहुनाको व्यवस्थापन सिक्लेस युवा क्लबले स्वयंसेवक परिचालन गर्ने क्लवका अध्यक्ष पदम गुरुङले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

  • कोरोनापछि गाईजात्रा रौनक

    रासस श्रावण २८, २०७९
    काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विगत २ वर्ष औपचारिकतामा मात्रै सीमित गाईजात्रा पर्व शुक्रबार भव्यरूपमा मनाइएको छ । भक्तपुरमा…
  • आज रक्षाबन्धन पर्व

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व शुक्रबार देशभर नव यज्ञोपवीत एवं…
  • बागलुङ कालिका मन्दिरको वार्षिक आम्दानी साढे २ करोड   

    आदर्श समाज सम्वाददाता श्रावण ४, २०७९
    बलेवा ।  बागलुङ कालिका भगवती गुठीले एक वर्षमा रु दुई करोड ५७ लाख आम्दानी गरेको छ । गत माघ महिनादेखि…
  • गलेश्वरमा भक्तजनको भीड

    आदर्श समाज सम्वाददाता श्रावण ३, २०७९
    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा अवस्थित प्रसिद्ध गलेश्वर शिवालय मन्दिरमा साउनको पहिलो सोमबार पूजाआजा र दर्शन गर्ने भक्तजनको…
  • सोमबारदेखि बोलबम

    आदर्श समाज सम्वाददाता श्रावण १, २०७९
    पोखरा । केदारेश्वर महादेव मणि सेवाश्रम समितिकोको आयोजनामा साउन सोमबारदेखि बोलबम जलयात्रा हुँदैछ । कोरोनाका कारण २ वर्षसम्म रोकिएको सो…

hero news full width