माछापुच्छ्रे माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
पौष २२, २०७८
machh~

हेमजा । अन्नपूर्ण–२, ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालयको ४९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइएको छ । कार्यक्रममा प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहँदै आएको बताए ।
गाउँपालिका उपाध्यक्ष सगुन गुरुङ, वडाध्यक्षहरु भरतसँग कुँवर, चूडामणि अधिकारी र चन्द्रबहादुर गुरुङ, गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बलराम भुगाईं, पूर्व प्रअ रामचन्द्र सुवेदी, पुथ्वीनारायण माविका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारी, सहायक प्राध्यापक डा. गिरिधारी दाहाल, धारापानी माविका पूर्व प्रअ कृष्णबहादुर कुँवर, वर्तमान प्रअ महेन्द्रबहादुर कुँवर, गणेशमान गुरुङ, विद्यार्थी प्रतिनिधि मोनिका देवकोटा, शिक्षक अभिभावक संघका अध्यक्ष राजु पौडेल, पीताम्बर भण्डारी, पुण्यप्रसाद पौडेल, जगन्नाथ अधिकारी, धारापानी माविका अध्यक्ष कमला केसीलगायत वक्ताले शुभकामना व्यक्त गरे ।
कार्यक्रमबीच विद्यालयको वार्षिक प्रगति प्रतिवेदनसहित आर्थिक प्रतिवेदन प्रधानाध्यापक घनश्याम पौडेलले प्रस्तुत गरे । त्यस्तै वार्षिक शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कारका साथै विभिन्न छात्रवृत्ति प्रदान गरिएको थियो ।
वर्ष शिक्षकका रुपमा शालिकराम अधिकारी र गणेशबहादुर भुजेल, वर्ष अभिभावकको रुपमा लक्ष्मी देवकोटा र वर्ष विद्यार्थीको रुपमा सुमन विक सम्मानित भएका छन् । समारोहमा विद्यार्थीले एकल, युगल तथा सामूहिक नृत्य प्रस्तुत गरेका थिए ।
विव्यस अध्यक्ष मनपति भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रअ कृष्णप्रसाद अधिकारीले स्वागत तथा शिक्षक शालिकराम अधिकारीले सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…
  • माछापुच्छ्रे माविलाई बस सहयोग

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । भारतीय दूतावासले माछापुच्छ्रे माध्यमिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत दूतावासले माछापुच्छ्रे–२…
  • राष्ट्रिय माविमा पूर्व विद्यार्थीको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । यस वर्ष हीरक महोत्सव मनाइरहेको राष्ट्रिय माध्यमिक विद्यालय, पोखरामा शनिबार पुनर्मिलन कार्यक्रम भएको छ । सो अवसरमा पोखरा…
  • हिमालय माविले स्वर्ण महोत्सव मनाउने

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । अन्नपूर्ण ७ स्थित हिमालय माविले त्रिदिवसीय कार्यक्रम गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले यही वैशाख १०…
  • ‘वन्यजन्तु संरक्षणमार्फत पर्यापर्यटन बढाऔं’

    श्रीभद्र पौडेल वैशाख ७, २०८१
    पोखरा । वन्यजन्तु संरक्षण गरी पर्यापर्यटन बढाउनुपर्ने एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । पृथ्वीनारायण क्याम्पस प्राणीशास्त्र विभाग तथा प्राणीशास्त्र समाजको…

hero news full width