लाहुरेलाई ८ दिन थुनामा राखेर अनुसन्धान थाल्न अदालतको अनुमति

आदर्श समाज सम्वाददाता
पौष १६, २०७८
lahure~

फोटोमा दायाँबाट दोस्रोमा लाहुरे।

पोखरा, १६ पुस । लागु औषसम्बन्धी कसुरमा पक्राउ परेका र्यापर आशीष राना ‘लाउरे’ सहित ४ जनालाई जिल्ला अदालत कास्कीले ८ दिन थुनामा राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको छ । शुक्रबार अदालतले ८ दिन म्याद दिई अनुसन्धान थाल्न जिल्ला प्रहरीलाई अनुमति दिएको हो।

ब्राउन सुगर सेवन गरेको आरोपमा लाहुरेसहित ४ जनालाई बुधबार पोखरा न्यूरोडबाट कास्की प्रहरीले नियन्त्रणमा लिएको थियो । ३२ वर्षीय लाहुरे पोखरा ९, नयाँबजारका हुन् । पक्राउ पर्नेमा उनीसहित पोखरा २१ घर भई हाल पोखरा १७, छोरेपाटन बस्ने ३९ वर्षीय ध्रुवबहादुर थापा, कास्कीको रुपा गाउँपालिका वडा ७ घर भइ हाल पोखरा १, बगर बस्ने ३० वर्षीय बिक्की भन्ने नवीनकुमार गुरुङ र स्याङ्जाको भिरकोट नगरपालिका वडा ६ घर भइ हाल पोखरा ८, सभागृहचोक बस्ने २२ वर्षीया सुस्मिता गुरुङ छन् ।

कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार उनीहरुलाई नियन्त्रणमा लिई खानतलासी गर्दा बिक्कीको साथबाट लागुऔषध ब्राउन सुगर ०.५१ ग्राम फेला परेको थियो । प्रारम्भिक अनुसन्धानक्रममा पोखरा सभागृहचोक बस्ने सुस्मिताको कोठाभित्र लुकाइ छिपाई राखेको अवस्थामा लागुऔषध ब्राउन सुगर १२.५० ग्राम फेला परेको प्रहरीले जनाएको छ । साथै सुस्मिताको साथबाट ३८ हजार, ५ थान मोबाइल सेट, ग२१प ३३२३ नं.को स्कुटर समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

लाहुरले आफू लागु औषध सेवन नगरी स्टेज चढ्न नसक्ने प्रारम्भिक अनुसन्धानक्रममा स्वीकारिसकेको प्रहरी स्रोतले जनाएको छ । कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीका अनुसार लागु औषध मुद्दामा ९० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ । उनले सो अवधिभित्र आवश्यक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरिने बताए । लागु औषध मुद्दामा थप अनसन्धानका लागि फरेन्सिभ ल्याबमा पठाइने छ । लागु औषध कारोबार नभई सेवनमात्रै गरेको पुष्टि भएमा लाहुरेविरुद्ध १ वर्ष कैद र १० हजारसम्म जरिवाना हुन सक्ने छ।

लाहुरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको लाहुरे, हाउडे, केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width