आशीष राना ‘लाउरे’ लागु औषसम्बन्धी कसुरमा पोखराबाट पक्राउ

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
lahure

पोखरा । र्यापर आशीष राना ‘लाउरे’ लागु औषसम्बन्धी कसुरमा पोखराबाट पक्राउ परेका छन् ।
ब्राउन सुगर सेवन गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । प्रहरीले रानासँगै उनका ४ जना साथीलाई पोखराको न्यूरोडबाट पक्राउ गरेको हो । अन्यको परिचय खुलाइएको छैन ।

यस विषयमा अनुसन्धान भइरहेको उनले बताए । बिहीबार अदालत बिदा भएकाले शुक्रबार अनुसन्धानका लागि अनुमति लिएर थप प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।

पक्राउ परेका अरूबाट भने ब्राउन सुगर समेत बरामद गरेको एसपी थापाले बताए । लाउरे हिमालयन रोडिजका निर्णायक पनि हुन् । उनको केस नम्बर ४०२, नेपहपको बाटो, मेरो सोल्टा, सुपर सागा लगायत गीत चर्चित छन् । उनले ताण्डव सिनेमामा पनि अभिनय गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width