बेगनासमा पर्यटन प्रवद्र्धन उपाय

आदर्श समाज सम्वाददाता
पौष १५, २०७८
Misister Mani Bhadra Sharma News for Lekhnath 3

पोखरा । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बेगनास तालको वराह क्षेत्र विकासमा साझा अवधारणा बनाउन आग्रह गरेका छन् । वराह क्षेत्रको बृहत्तर विकाससहितको गुरुयोजना कार्यान्वयनमा आफूले सहयोग गर्ने उल्लेख गर्दै त्यसका लागि लेखनाथवासीको साझा सरोकार बन्नुपर्ने उनको भनाइ थियो ।
लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको पर्यटन प्रवद्र्धन विषयक कार्यक्रममा ड्रिम डेभलपर्स प्रालि, काठमाडौंले तयार पारेको बेगनास ताल पार्कको बृहत् प्रस्ताव परियोजनाको प्रस्तुतिपछि सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् । उनले १० करोड रुपैयाँ परियोजनाका लागि आगामी बजेटमा प्रदेश सरकारले सम्बोधन गर्ने पनि जनाए । संघीय सरकारसँग यसबारे लबिङ गर्ने उल्लेख गर्दै मन्त्री शर्माले त्यसका लागि लेखनाथवासीले साझा योजना हो भन्ने विश्वास दिलाउनु पर्ने बताए ।
उनले पोखरा र शुक्लागण्डकी नगरपालिकाको सहयोगमा पुँडिटारमा औद्योगिक क्षेत्रका लागि आवश्यक तयारी भइरहेको पनि बताए । उनले जग्गा व्यवस्थापनका लागि तनहुँ र कास्कीको नापी कार्यालयलाई निर्देशन दिइसकिएको जानकारी दिए । पोखरामा ३/४ दिन सजिलै पर्यटक रोकिन सक्ने वातावरण तयार भएको उल्लेख गदै, लेखनाथ क्षेत्रमा थप १/२ दिन बस्न सक्ने गरी पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए ।

बेगनास ताल पार्कको लागि आगामी बजेटमा १० करोड पार्ने पर्यटन मन्त्री कँडेलको प्रतिबद्धता

पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारीले बेगनासदेखि कालिकाको देउमणिसम्म सौर्य ट्रयाक विकास गरी पर्यटकलाई आकर्षण गर्न सकिनेमा जोड दिए । उनले लेखनाथ क्षेत्रमा प्रकृतिको अनुपम संगम रहे पनि व्यवस्थापन अभावमा पछाडि परेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले लेखनाथमा देखिने गरी पर्यटन विकासका गतिविधि हुन नसकेको गुनासो गरे । उनले लेखनाथमा सम्भावना र अवसर भए पनि सरकारका दृष्टिमा ओझेल परेको टिप्पणी गरे ।
लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेयको अध्यक्षतमा भएको कार्यक्रममा बेगनासताल धार्मिक तथा पर्यटन विकास संस्थाका अध्यक्ष ध्रुवनाथ अधिकारी लगायतले बृहत् बेगनासको परियोजनाका लागि सहयोग गर्न गण्डकी प्रदेश सरकारसमक्ष आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width