पिकअपको ठक्करबाट पैदल यात्रीको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष १४, २०७८
Accident

नवलपरासी । पश्चिम नवलपरासीमा बुधबार सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बुधबार दिउँसो नवलपरासीको बर्दघाट ८, भौताहा भानुनगरस्थित भित्री सडक खण्डमा उत्तरबाट दक्षिणबाट तर्फ जाँदै गरेको बा ७ च ४९९ नं. को पिकअपले पैदल यात्रीलाई ठक्कर दिएको हो।

दुर्घटनामा परी गम्भीर घाइते स्थानीय ५१ वर्षीया महिला सपना कुँवरको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

Related News

सम्बन्धित समाचार

hero news full width