अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष १२, २०७८
TOPSHOT-US-HEALTH-VIRUS

फाेटाेः फाइल ।

पोखरा । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको समाचार छ।

सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको थियो।

पछिल्लो समय अष्ट्रेलियामा कोभिड १९ का संक्रमित बढ्न थालेका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च ६ हजार ३९४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो।

Related News

सम्बन्धित समाचार

  • कोरोनामुक्त भयो पर्वत

    रासस फागुन २६, २०७८
    पर्वत । पर्वत कोरोना सङ्क्रमणमुक्त भएको छ । सङ्क्रमित सबै मुक्त भएसँगै जिल्ला सङ्क्रमण शून्य जिल्ला बनेको हो । पहिलो,…
  • थप १२७ जनामा सङ्क्रमण पुष्टि

    रासस फागुन १८, २०७८
    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान…
  • थप ३१२ मा कोरोना सङ्क्रमण पुष्टि

    रासस फागुन ११, २०७८
    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । थप दुई…
  • १ हजार १२८ सङ्क्रमित थपिए, १४ को मृत्यु

    रासस माघ २८, २०७८
    काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा एक हजार १२८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कुल २० हजार…
  • कोरोना संक्रमण ओरालो

    आदर्श समाज सम्वाददाता माघ २२, २०७८
    पोखरा । गण्डकी प्रदेशमा पछिल्ला दिनमा कोरोना संक्रमित हुनेको संख्या घट्दै गएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार शुक्रबार २…

hero news full width