अष्टेलियामा ओमिक्रोनबाट एक पुरुषको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष १२, २०७८
TOPSHOT-US-HEALTH-VIRUS

फाेटाेः फाइल ।

पोखरा । अष्ट्रेलियामा कोभिड–१९ को नयाँ ओमिक्रोन भेरियन्टबाट एक व्यक्तिको मृत्यु भएको समाचार छ।

सोमबार अष्ट्रेलियामा ओमिक्रोन भेरियन्टबाट ८० वर्षका एक पुरुषको मृत्यु भएको हो । मृतकले पूर्ण कोभिड लगाएका र अन्य स्वास्थ्य समस्यासमेत रहेको रोइटर्स समाचार माध्यमले जनाएको छ । ती पुरुष पश्चिमी सिड्नीस्थित एक वृद्ध स्याहार केन्द्रमा ओमिक्रोनबाट संक्रमित भएको थियो।

पछिल्लो समय अष्ट्रेलियामा कोभिड १९ का संक्रमित बढ्न थालेका छन् । आइतबार त्यहाँ हालसम्मकै उच्च ६ हजार ३९४ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width