कोरोना बढेपछि दिल्लीमा कफ्र्यू

आदर्श समाज सम्वाददाता
पौष १२, २०७८
Corona Banner

पोखरा । कोभिड संक्रमण फेरि बढेपछि भारतको राजधानी नयाँ दिल्लीमा पुनः रात्रिकालीन कफ्र्यू लगाइने भएको छ।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनका कारण संक्रमितहरुको संख्या बढेपछि राज्य सरकारले आजबाट राति ११ बजेदेखि बिहान ५ बजेसम्म कफ्र्यू लगाउने भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ७ हजारमा जना कोभिड संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ४२२ जनामा नयाँ भेरियन्ट देखिएको छ । नयाँ भेरियन्टका बिरामी र अधिकांश संक्रमित नयाँ दिल्लीमा देखिएका छन् ।

यसअघि उत्तर प्रदेशमा पनि रात्रिकालीन कफ्र्यू लगाइएको थियो । नयाँ दिल्लीबाहेक अन्य सहरहरुमा पनि हाल विभिन्न प्रतिबन्ध लगाइएका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width