एलबीका कवितामा रमे कविता पारखी

आदर्श समाज सम्वाददाता
पौष ११, २०७८
lb Photo 1

पुस । कविताप्रेमी स्रष्टा अग्रज साहित्यकार एलबी क्षेत्रीका कवितावाचनमा कविता पारखी रमेका छन् । पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद, नारीअस्तित्व, विद्रोह, प्रकृतिबिम्ब र प्रेमलाई विषयवस्तु बनाइएका कविता वाचन गर्दा पटक–पटक पुनः सुनाउन आह्वान गर्दै गरमागरम परिवेश सिर्जना गरेर क्षेत्रीले आफ्नो सम्बोधन टुंग्याएका थिए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार रहेका क्षेत्रीको उक्त सम्बोधनको चाँजोपाँजो अनेसास गण्डकी समितिले मिलाएको थियो । कार्यक्रममा साहित्यकार सरुभक्तले क्षेत्रीलाई सम्मान अर्पण गर्दै एकातर्फ आफ्ना मित्रको सम्बोधनमा साथीहरूलाई खबर गरेको र अर्कातर्फ आफैं प्रमुख अतिथि हुनु परेको विचित्रको भूमिकामा उभिन परेको बताए । उनले क्षेत्रीलाई कुशल कवि, कथाकारमात्र नभएर साहित्य संगठकका रूपमा पनि चिनाए ।
एलबी क्षेत्रीको सम्बोधन नाम दिइएको कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीले आफूलाई कवि ठान्नेहरूले कविता कुन बाटोमा हिँड्दै छ भनेर प्रश्न गर्दा पौंठेजोरी खेल्ने गरेकाप्रति दुख व्यक्त गरे । आफू पोखरामा पटक–पटक आएपछि यो रूपमा पहिलो पटक आएको बताउँदै क्षेत्रीले आफ्ना कविता रुचिकर लागे दुवै चरणका सुनिदिन र नलागे पहिलो चरणका कविता सुनेर जान सक्ने बताए पनि स्रोता अन्तिमसम्मै उनका कविता सुनेर बसेका थिए ।
समसामयिक विकृति र विसंगतिप्रति कडा व्यंग्य गरिएका झण्डै दुई दर्जन सुनाउँदै क्षेत्रीले आफूलाई कवि नभएर कविताप्रेमीमात्र भन्न आग्रह गरे । अनेसास गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबाले वाङ्मयिक अध्ययन, अनुसन्धान र साहित्यिक संगठनमा क्रियाशील क्षेत्रीका कर्म र कृतिले पृथक पहिचान स्थापित गरेको धारणा राखे ।
संक्षिप्त चिनारी राख्दै असफल गौतमले २०४४ सालदेखि २०७० सालसम्म वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुरमा प्राध्यापनका साथै क्याम्पस प्रमुख भएर पुर्‍याएको शैक्षिक योगदान स्तुत्य रहेको बताए । अनेसास गण्डकीकी उपाध्यक्ष दुर्गा न्यौपानेले कविडाँडा साहित्य समाजका अध्यक्ष क्षेत्री प्राध्यापन तथा साहित्य लेखनमा क्रियाशील प्रतिभाका रूपमा चिनाइन् ।

Related News

सम्बन्धित समाचार

  • प्रेमील गजलकारको भावपूर्ण बिदाइ

    आदर्श समाज सम्वाददाता वैशाख ५, २०८१
    पोखरा। ‘साँझमा दीयो बालिराख्यौ को आउँदै छ आज ? हातका औँला चालिराख्यौ को आउँदै आज ? हिजो अस्ति उक्किएका घरका…
  • मिस नेपालको पोखरा अडिसन आज

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८१
    पोखरा । मिस नेपालको पोखरा अडिसन मंगलबारदेखि सुरु हुने भएको छ । द हिडन ट्रेजरले हरेक वर्ष आयोजना गर्दै आएको…
  • वेद विद्याश्रममा छन्दोबद्ध कविता प्रतियोगिता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा चिसाखोला वेद विद्याश्रमले रजत महोत्सव सन्दर्भमा प्रदेशव्यापी खुला छन्दोबद्ध कविता प्रतियोगिता भएको छ । प्रतियोगितामा संगम बस्याल…
  • मदरल्याण्डका शाश्वत निबन्धमा प्रथम

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पोखरा । को–अपरेटिभ प्रेसिडेन्ट सोसाइटी (कोप्स सेन्टर) आयोजनामा भएको निबन्ध प्रतियोगितामा मदरल्याण्ड माविका छात्र शाश्वत रेग्मी प्रथम भएका छन् ।…
  • सरसफाइ विज्ञ भूमिको पुस्तक विमोचन   

    आदर्श समाज सम्वाददाता चैत्र १८, २०८०
    दमौली ।  सरसफाइ विज्ञ नमस्तेलाल भूमिबारेमा लिखित ‘नमस्तेलाल देशभित्र, देशबाहिर’ पुस्तकको आज विमोचन गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका निवासी…

hero news full width