छोम्रोङमा सेन्चुरी ल्होसार महोत्सव

आदर्श समाज सम्वाददाता
पौष ११, २०७८
chhomrong newss

पोखरा । अन्नपूर्ण गाउँपालिका १० छोम्रोङमा आयोजना आइतबारदेखि २० औं संस्करणको सेन्चुरी ल्होसार महोत्सव हुँदैछ ।
सेन्चुरी युवा क्लबले ल्होसार अवसरमा पुस ११ देखि १४ सम्म सो महोत्सव गर्न लागेको क्लब अध्यक्ष मिकास गुरुङले बताए । उनका अनुसार पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन हुने सो महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विभिन्न खेलकुदका कार्यक्रम समावेश गरिएको छ ।
महोत्सवमा मुख्य आकर्षकको रुपमा पुरुष भलिबल प्रतियोगिता र बास्केटबल प्रतियोगिता आयोजना गरिएको क्लबका सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए । भलिबलतर्फ १२ टिम र बास्केटबलतर्फ १४ टिमले दर्ता गरिसकेको बताए । दुवै इभेन्टका विजेताले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित २५ हजार प्राप्त गर्नेछन् । यसैगरी, द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमहरुले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित क्रमश १५ हजार र ८ हजारबाट पुरस्कृत हुने छन् । ध
मेलामा ठेलो हान्ने प्रतियोगिता, घैंटो फुटाउने प्रतियोगिता तथा मेच घुमाइ प्रतियोगिता हुने छन् । मेला अवधिभर स्थानीय क्लबद्वारा सांस्कृतिक नृत्य प्रस्तुत गरिने गुरुङले जानकारी दिए । मेला उद्घाटन एमाले नेता जगतबहादुर विश्वकर्माले गर्ने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width