अरुण जिताउन त्रिवेणी संगीतालयको अभियान

आदर्श समाज सम्वाददाता
पौष ९, २०७८
Arun

पोखरा । बाल प्रतिभाको खोजी अभियानको रियालिटी सो सारेगम लिटल च्याम्प्स नेपालमा उत्कृष्ट ७ मा पर्न सफल अरुण सुनार जिताउन अभियान सुरु भएको छ ।
पोखरामा बिहीबार त्रिवेणी संगीतालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संगीतालयका वरिष्ठ प्रशिक्षक नवराज बरालले आफ्ना प्रशिक्षार्थी अरुण सुनारको यो सफलताले आफूहरुलाई निकै खुसी मिलेको भन्दै विजयी गराउन अभियान सुरु भएको बताए । उनले ग्यालेक्सी फोरके टेलिभिजनद्वारा आयोजित सो प्रतियोगितामा भाग लिने सुनार गण्डकी प्रदेशकै एकमात्र बालकलाकार भएकोले संगीतालयले उनलाई जिताउन अभियान थालेको बताए । यसअघि सप्तरंगी खोजी प्रतिभाको विजेता भैसकेको सुनारको उत्कृष्ट प्रस्तुति रहेको र लिटल च्याम्पसमा समेत जीत नजिक रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले भोटकै कारण कुनै पनि प्रतिभा उपाधि हासिल हुनबाट वञ्चित हुन नपरोस् भन्दै सुनारलाई विजयी गराउन श्रोता एवं दर्शक सबैको हात रहने बताए ।
सुनारकी आफन्त पूजा बिकले पर्वतमा जन्मेर पोखराबाट संगीतको भविष्य खोजिरहेका अरुण निर्णायक जुरी निर्णायक तथा दर्शक श्रोताको मन जित्दै यो उचाइमा आउनुमा सबैको साथ र सहयोग रहेको भन्दै खुसी व्यक्त गरिन् ।

Related News

सम्बन्धित समाचार

hero news full width