कास्की सार्दीखोला समाज कतारद्वारा ५० हजार सहयोग

आदर्श समाज सम्वाददाता
पौष ७, २०७८
Qutar

पोखरा । कास्की सार्दीखोला समाज कतारमा आबद्ध दाजुभाइले माछापुच्छे गाउँपालिका २ भुर्जुङखोलाका सञ्जय विकलाई उच्च शिक्षा (एमबिबिएस ) अध्ययन सहयोगार्थ ५० हजार सहयोग गरेका छन् । उनको घरैमा पुगेर संस्थाका पूर्व पदाधिकारी, वर्तमान कार्यसमितिका पदाधिकारी र स्थानीयको रोहबरमा उनकी आमालाई हस्तान्तरण गरिएको समाजले जनाएको छ । सञ्जयका बुबा कुलबहादुर विक लामो समयदेखि कतारको फर्निचर उत्पादन कम्पनीमा कार्यरत छन् । साताको १ दिन आराम गर्ने समय समाजको उत्थानका लागि दिँदै आएका छन्
सञ्जयको पढाइ राम्रो रहेको र एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल रहेकाले अध्ययनको लागि आर्थिक व्यवस्थापनमा समस्या भएकाले कास्की सार्दीखोला समाज कतारलाई सहयोगको निम्ति निवेदन दिएका थिए ।
गरिब तथा जेहेन्दार एमबिबिएस विद्यार्थीलाई पूरै वडा र देशकै निम्ति गर्वको कुरा रहेकोले सहयोग जुटाउन लागिपरेको अध्यक्ष पारसिङ तामाङले बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक उपाध्यक्ष खुसीमान परियार, संस्थापक कोषाध्यक्ष माधव आचार्य, निवर्तमान उपाध्यक्ष कपुरमोहन तामाङ, निवर्तमान कार्यसमिति सदस्य हिकबहादुर तमाङ, वर्तमान उपाध्यक्ष सुकबहादुर विक, स्थानीय समाजसेवी अर्जुन गुरुङलगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

  • परदेशको पसिनाको प्रतिफल कसरी ?

    आदर्श समाज सम्वाददाता कार्तिक २६, २०७९
    पोखरा । बढ्दो बेरोजगारसँगै विभिन्न अवसर खोजीमा दैनिकरुपमा ठूलो संख्यामा नेपाली विदेशिने गरेका छन् । त्यसरी विदेशिएकामध्ये नेपालमा ६० प्रतिशत…
  • युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न

    आदर्श समाज सम्वाददाता जेठ ८, २०७९
    अमेरिका ।   युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन ” नेपालको बिद्यालय शिक्षामा सुधार : स्थानीय र विश्वव्यापी दृष्टिकोण…
  • सडक दुर्घटनामा मलेशियामा नेपालीको मृत्यु

    रासस माघ २५, २०७८
    कञ्चनपुर । वैदेशिक रोजगारीका लागि मलेशियाको जोहार बरुमा रहेका शुक्लाफाँटा नगरपालिका–१२ दुवाहाका अन्दाजी २५ वर्षीय राजेन्द्रबहादुर चौधरीको सडक दुर्घटनामा परी…
  • हङकङमा ६१ वर्ष पुरानो मन्दिर जीर्णोद्धार

    आदर्श समाज सम्वाददाता कार्तिक ६, २०७८
    पोखरा । हङकङको फानलिग स्थित क्वीन्स हिल क्याम्प बर्मा लाइनमा रहेको शिव पार्वती मन्दिरको जीर्णोद्धार सुरु भएको छ । करिव…
  • लन्डनमा १२ औं नेपाली मेला

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०७८
    पोखरा । तमु धिं युके र नेपाली दूतावास लन्डनले संयुक्त रुपमा आयोजना गरेको मेला आइतबार अगस्ट २९ तारिख मध्यान्ह केम्पटन…

hero news full width