कास्की सार्दीखोला समाज कतारद्वारा ५० हजार सहयोग

आदर्श समाज सम्वाददाता
पौष ७, २०७८
Qutar

पोखरा । कास्की सार्दीखोला समाज कतारमा आबद्ध दाजुभाइले माछापुच्छे गाउँपालिका २ भुर्जुङखोलाका सञ्जय विकलाई उच्च शिक्षा (एमबिबिएस ) अध्ययन सहयोगार्थ ५० हजार सहयोग गरेका छन् । उनको घरैमा पुगेर संस्थाका पूर्व पदाधिकारी, वर्तमान कार्यसमितिका पदाधिकारी र स्थानीयको रोहबरमा उनकी आमालाई हस्तान्तरण गरिएको समाजले जनाएको छ । सञ्जयका बुबा कुलबहादुर विक लामो समयदेखि कतारको फर्निचर उत्पादन कम्पनीमा कार्यरत छन् । साताको १ दिन आराम गर्ने समय समाजको उत्थानका लागि दिँदै आएका छन्
सञ्जयको पढाइ राम्रो रहेको र एमबिबिएस अध्ययनका लागि नाम निकाल्न सफल रहेकाले अध्ययनको लागि आर्थिक व्यवस्थापनमा समस्या भएकाले कास्की सार्दीखोला समाज कतारलाई सहयोगको निम्ति निवेदन दिएका थिए ।
गरिब तथा जेहेन्दार एमबिबिएस विद्यार्थीलाई पूरै वडा र देशकै निम्ति गर्वको कुरा रहेकोले सहयोग जुटाउन लागिपरेको अध्यक्ष पारसिङ तामाङले बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा संस्थापक उपाध्यक्ष खुसीमान परियार, संस्थापक कोषाध्यक्ष माधव आचार्य, निवर्तमान उपाध्यक्ष कपुरमोहन तामाङ, निवर्तमान कार्यसमिति सदस्य हिकबहादुर तमाङ, वर्तमान उपाध्यक्ष सुकबहादुर विक, स्थानीय समाजसेवी अर्जुन गुरुङलगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width