Worldlink ads

जग्गा बैना गरेर ठगी

रासस
पौष ७, २०७८

काठमाडौं । जग्गा बैना गर्दै गठी गर्ने गरेको आरोपमा आज साँझ प्रहरीले काठमाडौँबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्खुवासभा घर भई हाल काठमाडौँको बौद्ध बस्ने ५३ वर्षीय दुर्गाबहादुर भण्डारी रहेका छन् । जग्गा बैना गरेर जग्गा पनि नदिने र बैना पनि फिर्ता नगरी पैसा नभएको चेक दिई ठगी गर्दै आइरहेको भनी महानगरीय प्रहरी वृत्त बौद्धमा परेको उजुरीका आधारमा उनलाई काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–६ थलीबाट पक्राउ गरिएको परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

उनले जग्गा खरिद गरिदिन्छु भन्दै पैसा बैना गर्ने तर जग्गा नामसारी नगर्ने र पैसा माग्दा चेकबाट पैसा फिर्ता लिनु भन्दै पैसा नभएको बैंक खाताको चेक दिने गरेको खुल्न आएको प्रहरीले जनाएको छ । उनले अहिलेसम्म यसरी आठ जनाबाट रु एक करोड ६६ लाख ५० हजार ठगी गरेको खुल्न आएको छ । उनको विषयमा अनुसन्धान जारी रहेको जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

    • आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      वीरगञ्ज ।  यही पुस २२ गते पर्साको वीरगञ्ज महानगरपालिका–२३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडि चौरमा मृतावस्थामा फेला परेका रिक्सा चालक…
    • लागु औषधसहित १९ वर्षे युवा पक्राउ

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । कास्की प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखराको न्यूरोडका १९ वर्षीय रोहित बिक…
    • चक्कू प्रहारबाट १६ महिने बालकको मृत्यु, दिदी घाइते

      आदर्श समाज सम्वाददाता पौष २८, २०७८
      स्याङ्जा, २८ पुस । स्याङ्जामा चक्कू प्रहारबाट एकाघरका भाइको मृत्यु भएको छ भने दिदी घाइते छिन् । वालिङ नगरपालिका वडा…
    • बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी

      रासस पौष २३, २०७८
      काठमाडौं । कर्मचारीकै मिलेमतोमा एनआइसी एसिया बैंकको लाखौँ रुपैयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको…
    • पोर्चुगल पठाइदिन्छु भनी रु ४० लाख ठगी गर्ने २ पक्राउ

      रासस पौष २२, २०७८
      काठमाडौं । नेपाल प्रहरीले कामदार भिसामा पोर्चुगल पठाइदिन्छु भनी विभिन्न व्यक्तिसँग रु ४० लाख ठगी गर्ने दुई जनालाई पक्राउ गरेको…

    hero news full width