ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष ६, २०७८
accident

लमजुङ । मस्र्याङ्दी गाउँपालिका– २, घनपोखरामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

घनपोखराको घिम्राङबाट मस्र्याङ्दी–३, खुदीबजारतर्फ जाँदै गरेको ग १ त ६११४ नम्बरको ट्याक्टर सोबार राति घिम्राङ गाउँमुनि सडकबाट घिम्राङ खोलामा खसेर दुर्घटना भएको हो।

दुर्घटनामा चालक मस्र्याङ्दी–९, सिम्पानीका २४ वर्षीय सन्देश विकको मृत्यु भएको लमजुङ प्रहरीले जनाएको छ । विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए । ट्याक्टर सडकबाट करीब २ सय मिटर तल खोलामा खसेको छ।

मस्र्याङ्दी गाउँपालिका– २ का वडाअध्यक्ष चेतबहादुर गुरुङ ‘शंकर’ ले घिम्राङमा बालुवा पु¥याएर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width