पहिरोले डोजर पुर्दा चालकको मृत्यु

आदर्श समाज सम्वाददाता
पौष ५, २०७८
dojar~

म्याग्दी । म्याग्दीमा पहिरोले डोजर पुरिंदा चालकको मृत्यु भएको छ । जिल्लाको रघुगंगा गाउँपालिका–७, चिमखोला र वडा ४, दग्नाममा निर्माणाधीन राहुघाट मंगले जलविद्युत् आयोजनास्थलमा बाटो खनिरहेको अवस्थामा माथिबाट खसेको ढिस्कोले पुरिएर स्थानीय २७ वर्षीय भीमबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्यादीका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले जानकारी दिए।

टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले डोजर पुरिएको हो । वडा ४ वडाध्यक्ष एकबहादुर गर्बुजाका अनुसार बिहान ८ बजे डोजर पुरिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width