Worldlink ads

समता काव्य सन्ध्याको ३४३ औं शृंखला

आदर्श समाज सम्वाददाता
पौष ५, २०७८
samatass

पोखरा । कविताको अघोषित पाठशालाका रूपमा परिचित पोखरेली युवा सांस्कृतिक परिवारले सञ्चालन गर्दै आएको समता काव्य सन्ध्याको ३ सय ४३ औं शृंखला शनिबार पोखरामा भएको छ ।
काव्य सन्ध्यामा प्राज्ञ रमेश श्रेष्ठले ३ दशकसम्म अविछिन्न रूपमा चलेको कविताको अघोषित पाठशालाबाट उत्पादित कविहरू राष्ट्रिय प्रतिभा बनिसकेको चर्चा गर्दै कविले कविताको गौरवसँगै महत्व दर्शाउने काम गर्नुपर्ने बताए ।
काव्य सन्ध्यामा विम्बकवि रमेश श्रेष्ठ, इ. कौशलचन्द्र जिसी, इन्द्र राना प्रतीक, डा. चैतन्य अधिकारी, सुरेश रानाभाट, प्रकाश ज्ञवाली, रोशन तिमिल्सिना लगायत कविहरूले आआफ्ना रचना सुनाएका थिए ।
‘साहित्य, कला र संगीतको उत्थान : हाम्रो प्रण’ को गुञ्जनका साथ २०३४ सालमा स्थापना भएको पोखरेली युवा सांस्कृतिक परिवार गण्डकी प्रदेशको वाङ्मयिक विकासमा ४४ वर्षदेखि अविछिन्न क्रियाशील र सक्रिय संस्थाका रूपमा राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा परिचित छ । विसं. २०५० वैशाखदेखि नियमित रूपमा कविता सुन्ने र सुनाउने मञ्चका रूपमा समता काव्य सन्ध्या परिचित छ ।
न्युरोडस्थित हिमालय रिडर्स कर्नरमा आयोजित काव्य गोष्ठीमा रोशन तिमिल्सिनाले स्वागत मन्तव्य राखेका थिएका थिए । परिवारका अध्यक्ष मोती भुजेलको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

    • दीपक समीपकाे मुक्तक संग्रह ‘अक्षर अक्षरमा देश’ लोकार्पण

      आदर्श समाज सम्वाददाता माघ २, २०७८
      पोखरा । साहित्यकार दीपक समीपको मुक्तक सञ्चयन ‘अक्षर अक्षरमा देश’ शनिबार लोकार्पण गरिएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा…
    • गण्डकीका लोकसंस्कृति अनुसन्धान पहल

      आदर्श समाज सम्वाददाता पौष ३०, २०७८
      पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानले प्रदेशभित्रका विभिन्न १५ समुदायका लोकनृत्य र लोकबाजाबारे खोज–अनुसन्धान कार्य अगाडि बढाएको छ । प्रतिष्ठानले थकाली, थारु,…
    • लेखनाथ जन्मस्थलमा सम्मानै सम्मान

      आदर्श समाज सम्वाददाता पौष १५, २०७८
      पोखरा । कविशिरोमणि लेखनाथ पौडेलको जन्मजयन्ती उनकै जन्मस्थल अर्घाै अर्चलेमा विशेष समारोह गरी बिहीबार मनाइएको छ । समारोहमा कवि शिरोमणि…
    • एलबीका कवितामा रमे कविता पारखी

      आदर्श समाज सम्वाददाता पौष ११, २०७८
      पुस । कविताप्रेमी स्रष्टा अग्रज साहित्यकार एलबी क्षेत्रीका कवितावाचनमा कविता पारखी रमेका छन् । पुसको चिसो मौसममा पनि क्षेत्रीले मानवतावाद,…
    • ‘कसले सुधार्छ कांग्रेस’ विमोचन

      आदर्श समाज सम्वाददाता मंसिर २२, २०७८
      पोखरा । लेखक शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वसन्ध्यामा मंगलबार…

    hero news full width