पोखरामा थकाली युवा केन्द्रको प्रथम राष्ट्रिय भेला

आदर्श समाज सम्वाददाता
पौष ४, २०७८
thakali samajs

पोखरा । थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (इपिएस) पोखरामा हुने भएको छ ।

धर्म संस्कृति हाम्रो परम्परा, संरक्षण संवद्र्धन युवाहरूको अभिभारा भन्ने नाराका साथ पुस ७ देखि पुस ११ गतेसम्म पोखराको ड्यामसाइडस्थित होटल ड्रागनमा प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण (इपिएस) हुने भएको पोखरामा आयोजना भएको पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।

उक्त ५ दिने भेला एवं इपिएस कार्यक्रममा देशका १९ वटा क्षेत्रका करिब ६० जनाको सहभागिता रहने भएको थकाली युवा परिवार नेपाल केन्द्रका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

यस भेलाले थकाली समुदायका बीचमा एकआपसमा सम्पर्क, समन्वय एवं भाइचारा वृद्धि गराउनका साथै युवाहरूको आत्मबल वृद्धि एवं नेतृत्व र व्यक्तित्व विकासमा कार्यक्रम फलदायी हुने उनको भनाइ थियो ।

थकाली युवाहरूलाई आफ्नो धर्म, संस्कार, भेषभूषा, भाषा र परम्परा जगेर्ना गर्नतर्फ उत्प्रेरित गराउने उद्देश्यले ‘थकाली युवा अवसर, चुनौती र सम्भावना’ विषयक विषयगत बहससमेत आयोजना गरिएको शेरचनले जनाए ।

थकालीको मुल थलो थासाङबाट अन्यत्र बसाइँसराइँ गरी देशका विभिन्न १९ क्षेत्रमा र विदेशमा ३ क्षेत्रमा थकाली सेवा समिति थकाली समुदायको संगठित संस्थाको रूपमा गठन भएको केन्द्रका सचिव विकल शेरचनले जानकारी दिए । पोखरा थकाली समुदायको सुरूवाती बसाइँ सरेको स्थान भएको र हाल मुस्ताङको मौसमसमेत प्रतिकूल रहेका कारण त्यहाँ भेला आयोजना गर्न सम्भव नरहेकाले प्रथम भेला पोखरामा नै आयोजना गरिएको उनको भनाइ थियो ।

समय परिस्थितिको कारण प्रथम थकाली युवा राष्ट्रिय भेलालाई ऐतिहासिक बनाउन स्वतस्फूर्त आर्थिक संकलन गरिएको भन्दै आगामी भेलामा भने सम्बन्धित निकायसँग सल्लाह, समन्वय गरेर कार्यक्रम तय गरिने केन्द्रका कोषाध्यक्ष सञ्जीव तुलाचनले बताए ।

भेलाको उद्घाटन लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन आउने कार्यक्रम तय गरिएको अध्यक्ष योगेन्द्र शेरचन बताए । भेलाको मुख्य प्रायोजकमा प्रभु बैंक रहेको छ भने सहप्रायोजकमा मीनबहादुर शेरचन स्टोर्स रहेको छ ।

Related News

सम्बन्धित समाचार

  • हाम्रो बहुउद्देश्यीयको रक्तदानमा ४६ युनिट संकलन  

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तिको अवसरमा बिहीबार रक्तदान कार्यक्रम भएको छ । संस्थाले…
  • शिशुवा सिसाघाट सडक शिलान्यास

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    लेखनाथ । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिशुवा सिसाघाट सडक अन्तर्गतको शिशुवा–खुदीखोला पुल खण्डको बिहीबार शिलान्यास गरेका छन् । प्रमुख…
  • मुख्य न्यायाधिवक्ताको कार्यालयले बल्ल सच्यायो विवरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले मुख्य न्यायाधिवक्ता नियुक्तिको १५ दिन पछि मात्र वेबसाइटको विवरण अपडेट गरेको छ ।…
  • कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन् । राष्ट्रपति…
  • पुस्तक दिवसमा पुस्तक साटासाट

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस पोखरामा पुस्तक साटासाट गरी मनाइएको छ । ¥यान्डम रिडर्स सोसाइटीले मंगलबार आयोजना…

hero news full width