Worldlink ads

छैटौं संस्करणको मिस तामाङ

आदर्श समाज सम्वाददाता
पौष ४, २०७८
miss tamang

पोखरा । सोनाम ल्होसार अवसरमा बैदाम तामाङ समाज पोखराले मिस तामाङ पोखरा गर्ने भएको छ । छैटौं संस्करणको प्रतियोगिताको लागि शनिबारदेखि सहभागीलाई तालिम सुरुआत भयो ।
उद्घाटन समारोहमा गण्डकी प्रदेशसभा सदस्य धनमाया तामाङले कुनै पनि समुदायको भाषा, भेषभूषा संस्कृति नै सो जातिको पहिचान भएको बताइन् । उनले यस्तोखालको सिर्जनात्मक कार्यले कला संस्कृतिको जगेर्नामा गर्न टेवा पुग्ने बताइन् । आयोजक तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्न कार्यक्रमलाई निरन्तरता दिन लागेको बताए ।
कार्यक्रममा तामाङ बौद्ध सेवा समिति अध्यक्ष विष्णु तामाङ, वडा प्रहरी कार्यलय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक चिनीमाया तामाङ, गिनिज बुक रेकर्ड होल्डर नवल पन्जियार, आरजे होल्डिङ रियल स्टेटका प्रबन्ध निर्देशक राजु केसी, बैदाम तामाङ सेवा समाजका डोल्मा लामा, राम लामा, रेडियो अन्नपूर्णका स्टेसन म्यानेजर सञ्जयकुमार मल्ल लगायतले बोलेका थिए ।
पहिलो दिन लेक सिटी कलेजका सहायक क्याम्पस प्रमुख उपेन्द्र पौडेलले प्रशिक्षण दिएका थिए । ४५ दिनसम्म चल्ने प्रशिक्षणमा तामाङ जातिको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिने कार्यक्रमका संयोजक नीमा तामाङले बताइन् ।
प्रतियोगितामा पोखरा औद्योगिक क्षेत्रका अल्जिना तामाङ, सिम्पानीका सन्जु तामाङ, नीरा तामाङ, रत्नचोकका रेखा तामाङ, रानीपौवाका पूजा लामा, भेडिफारामका मान्सी तामाङ, हेमजाका जीया तामाङ, रिठेपानीका पेमा तामाङ र लेकसाइडका आशिका तामाङ सहभागी छन् । माघ १५ मा पोखरा सभागृहमा हुने ग्रान्ड फिनालेमा विजेतालाई १ लाख नगदसहित ताज पहिर्‍याइनेछ । साथै म्युजिक भिडियो अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ । फस्ट रनर अपले ५० हजार, सेकेन्ड रनर अपले ३० हजार रुपैयाँ हात पार्ने छन् । भ्युअर्स च्वाइसमा पर्नेलाई २० हजार पुरस्कार दिइने जयन्ती मोक्तानले बताइन् । यसअघि नीमा लामा, दीप्ति गोम्जा, कविता योञ्जन, कुसुम स्याङ्वो तामाङ र शशिकला तामाङ विजेता हुन् ।

Related News

सम्बन्धित समाचार

    • विद्यालय छिर्दै नाटक

      आदर्श समाज सम्वाददाता पौष १०, २०७८
      पोखरा । गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा १६ नाटक छनोट भएका छन् । पोखरा थिएटरको आयोजनामा दोस्रो संस्करणको सो महोत्सवमा…
    • अरुण जिताउन त्रिवेणी संगीतालयको अभियान

      आदर्श समाज सम्वाददाता पौष ९, २०७८
      पोखरा । बाल प्रतिभाको खोजी अभियानको रियालिटी सो सारेगम लिटल च्याम्प्स नेपालमा उत्कृष्ट ७ मा पर्न सफल अरुण सुनार जिताउन…
    • सप्तरंग साँझ आज

      आदर्श समाज सम्वाददाता पौष ९, २०७८
      पोखरा । टिभिएस रेडर सप्तरंग–३ को देश दौडाहामा निस्केको सांगीतिक कार्यक्रम पोखरामा शुक्रबार हुँदैछ । पोखराको अमरसिंह चौरमा साँझ ५…
    • भारतीय सुन्दरी सन्धु बनिन् मिस युनिभर्स

      आदर्श समाज सम्वाददाता मंसिर २७, २०७८
      पोखरा । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स २०२१ को ताज पहिरेकी छन्। योसँगै…
    • पोखरामा विद्यालय नाटक महोत्सव हुने

      आदर्श समाज सम्वाददाता मंसिर ११, २०७८
      पोखरा । पोखरा थिएटरले आगामी माघमा दोस्रो गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव तयारी गरेको छ । ‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल…

    hero news full width