श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

आदर्श समाज सम्वाददाता
पौष ३, २०७८
Hatya

स्याङ्जा, ३ पुस । आफ्नै श्रीमती हत्या आरोपमा भीरकोटका ४५ बर्षे डबलबहादुर थापा पक्राउ परेका छन् ।
पुस १ गते साँझ पौने ७ बजे थापाले श्रीमती मायादेवी थापालाई हातपात र कुटपिट गरी घाटीमा सल (कपडा) को पासो लगाई धनसार कोठामा अचेत बनाई राखेको प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । अचेत अवस्थामा रहेकी मायादेवीलाई गह्रौ प्राथमिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
आरोपीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width