एनसेलले ल्यायो ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

आदर्श समाज सम्वाददाता
पौष २, २०७८
ncell

पोखरा । साना तथा मझौला व्यवसायी र कार्यालयले उनीहरुकै सञ्चार सेवाको आवश्यकता सम्बोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले एक आधुनिक प्रिपेड प्लान ‘एनसेल बिजलाइट’ योजना सञ्चालनमा ल्याएको छ ।
सो योजनामा मासिकरुपमा कुनै निश्चित रकम तिर्न पर्ने बाध्यताबिना सहजै प्रिपेड सेवा लिन सकिन्छ । साना तथा मझौला व्यवसायी र ससाना कार्यालयलाई ध्यानमा राखी ल्याइएको योजनामा कम शुल्कमा पेजी, सियुजी, अन नेट र अफनेट कल सेवा लगायत विशेषता रहेको जनाइएको छ । ग्राहकले रिचार्जमा बोनस डेटा पाउने तथा रिचार्जमा समयसीमा नरहने व्यवस्था छ । बिजनेस सधैं अन थिमअन्तर्गत पुस २ देखि लागु हुने गरि यो योजना ल्याइएको हो ।
ग्राहकले सरल रुपमा प्रचलित प्रिपेड सेवामा जस्तै गरी यो सेवा लिएर सुलभ दरमा आफ्नो सियुजी समूह अर्थात् कार्यालयका साथीसँग करसहित जम्मा ३० पैसा प्रतिमिनेटका दरमा कुरा गर्न सक्छन् । पेजी अन नेट र अफ नेट कल सेवा पनि करसहित मात्र १.३० प्रतिमिनेटमा उपलब्ध हुन्छ । साथै ग्राहकले पेजी डेटा सेवा १.३० प्रति एमबी र पेजी एसएमएस सेवा पनि प्रति एसएसएस १.३० मा पाउँछन् ।
ग्राहकले एकपटक मात्र करसहित मात्र १ सय ५० मा बिजलाइट प्रिपेड प्लान सजिलै सुचारु गर्न सक्छन् । यो प्लान सुचारु भएपछि ग्राहकले ३५ मेन ब्यालेन्ससहित ७ दिनको समयसीमा रहेको ५ सय एमबी डेटा पनि प्राप्त गर्दछन् ।साथै ३० दिन सम्ममा २ सयको रिचार्ज गरेमा ग्राहकले ७ दिनको समयसीमा रहेको १ जिबी डेटा पनि प्राप्त गर्दछन् ।
यस प्लानमा रहेका अन्य सुविधाअन्तर्गत आफ्नो सञ्चार सेवाको आवश्यकता अनुसार विभिन्न एड अन प्याक पनि खरिद गर्न सक्छन् । ग्राहकले उपलब्ध प्रिपेड डेटा प्याक, बिजप्लस रिकरिङ प्याकअन्तर्गत २ जिबी/ ४ जिबी/ ६ जिबी डेटा प्याक, वानटाइम ३ जिबी/ ५ जिबी प्याक र कम्बो प्याकहरु खरिद गर्न सक्छन् । कम्बो प्याकअन्तर्गत ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डलिङसहितको २ सयको कम्बो सिल्भर, ३ सयको कम्बो गोल्ड वा ३ सय ५० को कम्बो प्लाटिनम प्याक पनि लिन सक्छन् ।
बिजलाइट योजनाले साना तथा मझौला व्यवसाय र ससाना कार्यालयलाई आधुनिक व्यवसायका लागि आवश्यक सञ्चार सुविधा प्रदान गर्दै उनीहरुका बिजनेस कम्युनिकेसनलाई अभिवृद्घि गर्न मद्दत गर्ने एनसेलले जनाएको छ । यस प्रिपेड योजनाका साथ एनसेलले ग्राहकलाई बिना कुनै निश्चित अग्रिम मासिक शुल्क आकर्षक सेवा प्रदान गर्ने छ ।
यस योजनाबाट लाभ लिन इच्छुक व्यवसाय वा कुनै पनि संस्थासँग आवद्घ व्यक्तिहरुले कम्तिमा २ सिमकार्ड लिनुपर्नेछ । विद्यमान प्रिपेड प्लान, बिज इन्टरनेट र स्ट्यान्डर्ड इन्टरनेट पोस्टपेड प्लानका ग्राहकले पनि आफ्नो संस्थासँगको आवद्घता स्थापित गर्ने कुनै पनि कागजात पेस गरी बिजलाइट प्रिपेड प्लान सहजै लिन सक्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width