सिटिजन्स र ऐना युनिसेक्सबीच सम्झौता

आदर्श समाज सम्वाददाता
पौष २, २०७८
citizen bank

पोखरा । सिटिजन्स बैंक इन्टरनेसनल लि. र ऐना युनिसेक्स सैलुन त्रिपुरेश्वर,काठमाडौंबीच सिटिजन्स बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपछि बैंकका कार्डबाहकले ऐना युनिसेक्स सैलुनको सेवा सुविधामा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ । मोबाइल बंैकिङमार्पmत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था गरेको जानकारी बैंकले गराएको छ ।
बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ७४ वटा शाखा, १ सय २३ वटा एटिएम र ८७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको जनाएको छ । कोरोना महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ ।
साथै बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्युआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड बिथड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवा थालनी गरेको छ ।
बैंकमा बचत खाता सञ्चालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बंैकिङ, इन्टरनेट बैंकिङ, सेयर कारोबारको सहजीकरणका लागि डिम्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्युतीय भुक्तानीका माध्यममा पहिलो वर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको प्रवक्ता नारायणराज अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width