एनएमबि लघुबित्त र केवाइसीबीच सम्झौता

आदर्श समाज सम्वाददाता
पौष २, २०७८
NMB Logo

पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्थाले आफ्ना ग्राहक पहिचानसम्बन्धी सम्पूर्ण कार्य स्वचालित गर्ने भएको छ । संस्थाले सोको लागि डिजिटल एज नेपालसँग सम्झौता गरेको जनाएको छ ।
यसबारे एनएमबितर्फबाट प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डे र डिजिटल एज नेपालका प्रबन्ध निर्देशक दिब्येश्वरी दलीले हस्ताक्षर गरेका छन् ।
एनएमबि बैंकको सहायक कम्पनीको रुपमा रहेको एनएमबि लघुवित्त वित्तीय संस्था नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो ।
संस्थाले देशका ७ वटै प्रदेशअन्तर्गत ६८ जिल्लाका विभिन्न स्थानमा १ सय ४८ वटा शाखा तथा उपशाखा कार्यालय सञ्चालन गरी करिब १ लाख १९ हजार विपन्न घरपरिवारका सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
सूचना प्रविधि क्षेत्रमा काम गर्ने एक अग्रणी संस्थाको रुपमा रहेको डिजिटल एज नेपालबाट विकास गरिएको केवाइसी म्यानेज्मेन्ट सिस्टम लगायत प्रोगाम, एप्लिकेसन, सफ्टवयर नेपालभरका सबैजसो बैंक तथा वित्तीय संस्थाहरुमा प्रयोग भइरहेका छन् । केवाइसी म्यानेज्मेन्ट सिस्टम लागु भएपछि वित्तीय संस्थामा आवद्घ ग्राहकको व्यक्तिगत विवरण अभिलेख व्यवस्थित र विश्वसनीय हुनुका साथै ग्राहकले अनलाइनबाट खाता खोल्न सक्ने सुविधासमेत हुने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width