‘ओमिक्रोन डेल्टा भेरियन्टभन्दा संक्रामक’

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७८
Corona Banner

पोखरा । विश्व स्वास्थ्य संगठनले कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्ट डेल्टाभन्दा संक्रामक भएको दाबी गरेको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले डेल्टा भेरियन्टभन्दा ओमिक्रोन संक्रामक भएको र खोपको प्रभावकारिता घटाउने जनाएको हो । तर प्रारम्भिक तथ्यांकबाट डेल्टाको तुलनामा ओमिक्रोनका लक्षण कम गम्भीर रहेको पनि डब्ल्युएचओले प्रष्ट पारेको छ।

विश्वमा गत डिसेम्बर ९ सम्म ६३ मुलुकमा ओमिक्रोन फेला परेका छन् । नयाँ भेरियन्ट तीव्र गतिमा फैलिनुको कारण अझै प्रष्ट भइसकेको छैन । तर हालसम्म उपलब्ध तथ्यांक हेर्दा ओमिक्रोनले संक्रमण गतिमा डेल्टालाई उछिन्न सक्ने देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width