भारतीय सुन्दरी सन्धु बनिन् मिस युनिभर्स

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७८
miss universe sandhu

पोखरा । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स २०२१ को ताज पहिरेकी छन्।

योसँगै भारतले २१ वर्षपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुस्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए।

सोमबार इजरायलको इएलाटमा आयोजित ७० औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै उनले मिस युनिभर्सको ताज पहिरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । २१ वर्षीया सन्धु भारतको पञ्जाबस्थित चण्डीगढकी बासिन्दा हुन् । उनी मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन्।

Related News

सम्बन्धित समाचार

hero news full width