मगर चलचित्रकर्मी संघको उद्घोषण तथा भाषणकला

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०७८
Magar Filmaker Photo

पोखरा । नेपाल मगर चलचित्रकर्मी संघ, कास्कीको आयोजनामा पोखरामा उद्घोषण तथा भाषणकला भएको छ । एक सातासम्म चलेको तालिममा संघका पदाधिकारी एवं सदस्यसहित १५ प्रतिक्षार्थीको सहभागिता थियो ।
अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीले प्रशिक्षण दिएको तालिमको समापनमा शुक्रबार आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी अध्यक्ष एमबी आस्थामगरले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरे । उनले संस्थाले आफ्ना सदस्यलाई नेतृत्व तथा व्यक्तित्व विकासको अवसर प्राप्त गराई उपलब्धि प्राप्त भएको प्रसंग उठाए । आफ्नो पहिचान विषयमा सजग गराउन यस्ताखालका तालिमले महत्वपूर्ण भूमिका खेल्न उनको भनाइ थियो ।
फोनिज गण्डकी महासचिव रुद्र शिरीषले समाज रुपान्तरणमा उद्घोषण तथा भाषणकला तालिमको आवश्यक रहेको बताए । उनले मुलुक समृद्ध बनाउन महिलाको क्षमता अभिवृद्धि गराउनुपर्नेमा जोड दिए ।
प्रशिक्षक अधिकारीले आफ्नो संस्थाले कुरामा भन्दा उपलब्धिमा ध्यान दिने गरेको बताउँदै प्रशिक्षार्थीलाई सक्षम बनाउन संस्थाले राम्रो व्यवस्थापनका साथ तालिम सञ्चालन गरिरहेको बताए । सहभागीले तालिमले बोल्ने सीप प्रदान गरेको र थप आत्मविश्वास बढेको बताएका छन् । हरेक व्यक्तिमा वाकशक्ति निहित भए तापनि बोल्दा सिलसिला मिलाएर बोल्न सक्ने आत्मविश्वास तालिमले प्रदान गर्ने प्रशिक्षार्थी अन्जु बुढा मगरले बताइन् । संघका संस्थापक केन्द्रीय सदस्य सन्तोष पिठाकोटी मगर, कास्की अध्यक्ष राहुल थापा मगर, नृत्य निर्देशक रेशम गुरुङ, प्रशिक्षार्थी लोकदेवी पुन लगायतले सिकेका सीप व्यवहारमा उतार्न सुझाव दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width