पोखरामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०७८
accident

पोखरा । ट्रक दुर्घटना हुँदा पोखरामा २ जनाको मृत्यु भएको छ । सामान बोकेर पोखरा आउँदै गरेको लु२ख २९४८ नम्बरको ट्रक आज बिहान साढे ४ बजे सडकबाट अनियन्त्रि भई नालीमा खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा घाइते लमजुङ निवासी ४३ वर्षीय भीमबहादुर तामाङ र ठेगानामा नखुलेका अन्दाजी ४०÷४५ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । फलामे रड बोकेर आएको ट्रक विजयपुरस्थित सडक खण्डमा दुर्घटना भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width