‘कसले सुधार्छ कांग्रेस’ विमोचन

आदर्श समाज सम्वाददाता
मंसिर २२, २०७८
book

पोखरा । लेखक शंकर तिवारीको ‘कसले सुधार्छ कांग्रेस’ पुस्तक विमोचन गरिएको छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन पूर्वसन्ध्यामा मंगलबार काठमाडौंमा आयोजित समारोहमा पुस्तक विमोचन गर्दै कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेस कसले सुधार्छ भन्दा पनि सुध्रिएन भने के हुन्छ भन्ने प्रश्नचिह्न खडा भएको बताए । उनले आगामी निर्वाचनमा कांग्रेस क्रियाशील सदस्यता र कांग्रेसलाई यसअघि भोट हालेका बाहेक १५ लाख व्यक्तिलाई कांग्रेससँग जोड्ने गरी संगठन बिस्तारमा लाग्नुपर्नेमा जोड दिए । पार्टी स्थापनाको समयमा कांग्रेसमा स्वस्फूर्त कार्यकर्ता थपिए पनि पछिल्लो समय पार्टीप्रति जनताको वितृष्णा पैदा हुँदै गएको उनको भनाइ थियो । नेता थापाले यो महाधिवेशनपछि कांग्रेसको सदस्यता कहिल्यै नलिएको, सदस्य कहिल्यै नभएको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्ने बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य बद्री पाण्डेले विधानको अक्षरस पालना, नियमित बैठक, समसाययिक विचार र वित्त व्यवस्थापन गर्ने नेतृत्वले मात्र कांग्रेस सुधार गर्न सक्ने बताए ।
राजनीतिक विश्लेषक पुरन्जन आचार्यले विचार, संगठन र नेतृत्वको सम्मिश्रणबाट पार्टी चल्नुपर्ने बताए । विचार र नीति शून्य भयो भने पार्टी बिग्रिने उनको भनाइ थियो । कार्यक्रममा कांग्रेस लुम्बिनीका नवनिर्वाचित सहमहामन्त्री नीमा गिरी, कांग्रेस बर्दियाका पूर्वसभापति सञ्जय गौतम, नेविसंघका महामन्त्री युवराज पाण्डेयलगायतले पार्टीको क्रियाशील सदस्यता वितरणमा जिल्ला सभापतिलाई अधिकार नदिंदा अहिलेको अवस्था आएको बताए ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width