Worldlink ads

दुर्गम गाउँमा फोरजी, गाउँले हर्षित

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७८
4g

बागलुङ । मोबाइल कुराकानी त यस क्षेत्रका नागरिकले १० वर्ष पहिलेदेखि नै सुविधा पाएका छन् तर विकसित प्रविधिको पहुँच नहुँदा इन्टरनेट चलाउनबाट वञ्चित थिए । जसबाट उनीहरुले समस्या झेल्दै आए । टेलिकमले विकट तथा दूरदराजमा फोरजी सेवा तीव्ररुपले बिस्तार गरिरहेकोले अहिले भने स्थानीयलाई सहज बनेको छ ।
सदरमुकाम बागलुङ बजारदेखि झन्डै २८ कोस पश्चिमस्थित विकट गाउँ रणसिंहकिटेनीमा नेपाल टेलिकमले फोरजी सेवा सञ्चालनमा ल्याएको हो । बडिगाड ४, जलजला र वडा ८ रणसिंहकिटेनी सीमानास्थित बेतथलाको धुरीमा २५ मिटर अग्लो स्थायी टावर निर्माण गरी टेलिकमले सेवा सञ्चालनमा ल्याएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इन्जिनियर केशव शर्माले जानकारी दिए ।
टेलिमकले उक्त स्थानमा २०६७ जेठदेखि पहिलो पटक टुजी सेवा शुभारम्भ गरेको थियो । २०६८ मा थ्रिजी सेवा थप गरेको टेलिकमले सेवाग्राहीलाई उच्चगतिको इन्टरनेट डाटा सर्भिस र गुणस्तरीय भ्वाइस सेवा प्रदान गर्न सोमबारदेखि चौथो पुस्ताको मोबाइल सेवा प्रदान गरेको कार्यालय प्रमुख शर्माले जानकारी दिए । ग्रामीण तथा विकट गाउँका नागरिकलाई सहजरुपमा सञ्चार सेवाको पहुँचमा जोडन उच्च गतिको इन्टरनेट डाटा सर्भिस फोरजी र गुणस्तरीय भ्वाइस सेवा भोल्टी सञ्चालनमा ल्याइएको उनको भनाइ छ । यसभन्दा पहिले उक्त स्थानमा १८ मिटरको पोल टावरबाट टेलिकमले टुजी र थ्रिजी सेवा थियो ।

पहिले नेटवर्क सिग्नल खोज्न डाँडातिर धाउनुपर्ने बाध्यता थियो

हाल २५ मिटर अग्लो स्थायी संरचना सहितको टावर निर्माण गरेर चौथो पुस्ताको फोर जि सेवा शुभारम्भ भएपछि ग्रामीण क्षेत्रमा इन्टरनेट चलाउन र उच्च गुणस्तरको आवाजमा फोन कल गर्न सुविधा भएको टेलिकमले जनाएको छ ।
सो सेवापछि बडिगाड ४ जलजला, वडा ७ भीमगिठे र वडा ८ रणसिंहकिटेनीसँगै छिमेकी जिल्ला गुल्मीको मुसिकोट नगरपालिका, मदाने गाउँपालिकाका अधिकांश भूभागका बासिन्दाहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको वडा ८ का वडा अध्यक्ष यमबहादुर श्रीस थापाले बताए ।
‘गाउँमा इन्टरनेट सुविधा नहुँदा साह्रै समस्या झेल्नुपरेको थियो । यो सेवापछि अब सजिलो भएको छ,’ वडा अध्यक्ष श्रीसले भने, ‘अहिले स्वास्थ्य चौकी, किटेनी मावि र वडा कार्यालयमा प्राइभेट इन्टरनेट सेवा त छ तर आउनेजाने गर्छ, भरपर्दो छैन ।’
पहिले नेटवर्क सिग्नल खोज्न डाँडातिर धाउनुपर्ने बाध्यता थियो । अहिले गाउँघरमै बसेर उच्च गतिको इन्टरनेट र गुणस्तरीय भ्वाइस कलसहितको टेलिकमको फोरजी सुविधा पाउँदा आफूहरु खुसी भएको स्थानीय राजेन्द्र श्रीसले बताए । त्यस क्षेत्रमा फोरजी सेवा सञ्चालनमा आएसँगै नमस्ते मोबाइल प्रयोगकर्ताले तीव्रगतिको मोबाइल ‘डाटा’ र ‘भ्वाइस’ दुवैमा गुणस्तरीय सेवा पाउन थालेका छन् । सेवा बिस्तारसँगै भइरहेको सेवाको गुणस्तर बढाउने काममा टेलिकम केन्द्रित रहेको जनाएको छ ।

Related News

सम्बन्धित समाचार

    • गण्डकीका अनलाइनलाई निशुल्क इन्टरनेट

      आदर्श समाज सम्वाददाता पौष ६, २०७८
      पोखरा । अनलाइन पत्रकार संघ, गण्डकीमा आबद्ध अनलाइन पोर्टललाई वल्र्डलिंकले निशुल्क इन्टरनेट जडान सुविधा प्रदान गरेको छ । सो सम्बन्धमा…
    • एनसेलले ल्यायो ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

      आदर्श समाज सम्वाददाता पौष २, २०७८
      पोखरा । साना तथा मझौला व्यवसायी र कार्यालयले उनीहरुकै सञ्चार सेवाको आवश्यकता सम्बोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ…
    • अति दुर्गममा टेलिकमको फोरजी सेवा

      आदर्श समाज सम्वाददाता मंसिर १२, २०७८
      काठमाडौं । नेपाल टेलिकमले अति दुर्गम र विकट आठ स्थानमा जिएसएम टुजी र फोरजी सेवा प्रवाह गरेको छ । सोलुखुम्बुको…
    • विद्युतीय चुल्हो प्रयोग गर्ने सपना पूरा हुँदै

      रासस कार्तिक १३, २०७८
      काठमाडौं । नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता…
    • एनसेललाई वल्र्ड कम्युनिकेसन अवार्ड

      आदर्श समाज सम्वाददाता कार्तिक १२, २०७८
      काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रतिष्ठित ‘वल्र्ड कम्युनिकेसन अवार्ड २०२१’ को २ विधा ‘द सोसियल कन्ट्रिव्युसन अवार्ड’ र ‘क्राइसिस रेस्पोन्स…

    hero news full width