संक्रमितको उपचारमा ब्लड प्लाज्मा प्रयोग नगर: विश्व स्वास्थ्य संगठन

आदर्श समाज सम्वाददाता
मंसिर २१, २०७८
world health organization

पोखरा, २१ मंसिर । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ बाट संक्रमित मानिसको उपचारक्रममा निको भएका संक्रमितको ब्लड प्लाज्मा प्रयोग नगर्न भनेको छ । संक्रमितको अवस्थामा सुधार नदेखिएको र भेन्टिलेटरको आवश्यकता पनि नघट्नेका कार डब्लुएचओले कोभिड १९ मुक्त व्यक्तिको ब्लड प्लाज्मा प्रयोग नगर्न सुझाव दिएको टिआरटी वल्र्डले जनाएको हो।

डब्लुएचओका अनुसार विद्यमान तथ्यले संक्रमणमुक्त व्यक्तिको ब्लड प्लाज्माबाट बिरामीको अवस्थामा सुधार नहुने र भेन्टिलेटरमा राख्नुपर्ने देखाएको छ । साथै ब्लड प्लाज्मा उपचार विधिमा धेरै समय लाग्नेसमेत बताएको छ।

प्लाज्मामा हुने एन्टिबडीले नयाँ कोरोना भाइरससँग लड्न सक्ने, भाइरसको उत्परिवर्तन र कोषमा हुने क्षति रोक्ने अनुमान आधारमा कोभिड–१९ का संक्रमितको उपचारमा यसको प्रयोग हुँदै आएको छ । तर कैयौं अध्ययनले भने कोभिड १९ बाट गम्भीर संक्रमित बिरामीको उपचारमा ब्लड प्लाज्मा प्रभावकारी नभएको देखाउँछन्।

Related News

सम्बन्धित समाचार

hero news full width